Posted by: underwear October 14, 2015
अपराधि कुक्कुर
Login in to Rate this Post:     0       ?        
थाहा छैन र कृष्ण दाजु,

धेरै धेरै धन्यवाद मनपराइदिएको मा, हुनत मन नपराएपनि म के गर्न सक्थें र, तर म जस्तो अधर्मी, असती, अपराधि को थ्रेडां यहाँहरु जस्ता भलादमीहरुले सुन्दर वाच्य बोलिदिनु भएको मा हृदय देखि नै ग्राटिचुड अर्पण गर्छु. मेरो काम मन को भडास निकालेर साथि भाइ लाइ हँसाउने हो, अरु केहि हैन. मलाइ बोरिङ्ग गफ, बिना तुक को कुरा, जरुरत भन्दा ज्यादा भाषण हरु सित दिक्क लाग्छ, त्यसैले त्यस्ता थ्रेड बाट म परै हुन्छु. अब छाडा लेख्ने कुरा मा चाहिं कृष्ण दाजु को सलाह को कदर गरेर धेरै अपशब्द लेख्दिन तर सम्भोग छोडे नि "मुजी" र "जाँठा" शब्द चाहिं मरिगए छोड्न सक्दिन, मलाइ नलेखे खाको पच्दैन, अरुलाई नपढे हाँसो उठ्दैन, फेरी संस्कृत बोल्ने यहाँ कमै छन्.

तर उरनठ्याउला हरु ले मलाइ बेतुका कुरा मा च्यालेन्ज गरे भने चाहिं म संसारै उठाएर गालि गर्छु. आइ गेस माइ प्वाइण्ट इज - आइलागे म नि जाइलाग्छु :)
Read Full Discussion Thread for this article