Posted by: cybernepali October 9, 2015
Login in to Rate this Post:
0
?
जलेश्वरमा अर्धनग्न जुलुस प्रर्दशन
जलेश्वरस्थित शंकर चोकबाट शुरु भएको नेपाल सद्भावना पार्टी सम्मीलित अर्धनग्न जुलुस जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेकाे थियाे ।
अर्धनग्न जुलुसमा सहभागि नेता कार्यकर्ताहरुले ‘नै देवे मधेस प्रदेश नै रहतौ नेपाल देश’ मधेसी एकता जिन्दावाद, विर सहिद अमर रहुन्, मधेसीको माग पुरा गर, नेपालको संविधान २०७२ मान्दैनौ लगायतका चर्का नारावाजी गरेका थिए ।
जुलुस जिल्ला शिक्षा कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने अधिकांस वक्ता नेताले मधेसको माग तत्काल पुरा गरेर समस्याको सामाधान निकाल्नुपर्ने माग गरेका थिए ।
लामो समयदेखि जारी बन्द र १६ दिनदेखि जारी नाकाबन्दीले जनजीवन आक्रान्त बन्दै गएपनि प्रमुख तीन दलका शीर्ष नेताहरुले मधेश आन्दोलन र माग सम्बोधन गर्न अझैं अग्रसर नभएको भन्दै व्यंगात्मक रुपमा अर्धनग्न जुलुस प्रर्दशन गरिएको मोर्चाले जनाएकाे छ ।
अग्रगामी संविधान बनाईएको दाबी प्रमुख तीनदलले गरेपनि मोर्चाले अन्तरीम संविधान २०६३ र विगतमा मधेससँग गरिएको सम्झौताको कार्यान्वयन नगरी विभेद कायम राखेको तथा मधेशको माग सम्बोधन नगरेको भन्दै जिल्लामा विरोधका शैली दिनेपिच्छे फेर्ने गरेको छ।
मोर्चाले करिब दुई महिनाको अबधिमा सदरमुकाम जलेश्वर,मटिहानी ,बलवा, रामगोपालपुर, गौशाला, सम्सी लगायतमा दिनहुँ प्रर्दशन गर्दै आएको छ ।
http://www.nepalipatra.com/news/detail/17349/14