Posted by: sajha onion October 8, 2015
अब छिट्टै स्वदेशमै पानीबाट पेट्रोल निकाल्ने प्रबिधि सार्वजनिक गरिने
Login in to Rate this Post:     2       ?         Liked by
तत्कालको उर्जा पूर्ति गर्न गार्हो परिस्थितिलाई मध्येनजर गरि धुम्बाराही गा. बि. स. का श्री मुकुन्द माध्यामिक बिद्यालयमा कक्ष्या दशमा पढ्ने १६ बर्षका सज्जन लाल पाठकले यौटा अचम्मैको बैज्ञानिक आबिस्कारलाइ सार्वजनिक गर्ने भएको छ |

मित्र तथा गुरु-गुरुआमाका अनुसार सज्जन एकदम उच्च कोटीको बिद्यार्थी हुन् | उनको बुद्धि आइन्स्टाइन भन्दा पनि बढी भएको दाबि गरिएको छ |

पानीबाट पेट्रोल कसरि बनाउने भन्ने प्रश्नमा उनले प्राकृतिक नियेमहरुलाइ बुझेपछि अनु पर्मानुहरुलाई सहज रुपमा अरु तत्वहरुसंग संयोजन गर्न सकिने बताएकाछन | पेट्रोलियम पदार्थमा हाइद्रोजन र कार्बन तत्व हुने भएको र यी तत्वहरु सजिलैसंग प्रकृतिमा पाइने भएर पेट्रोल बनाउन केहि गाह्रो नहुने बताएकाछन |

"पानीमा भएको हाइद्रोजनलाइ रासायनिक प्रतिक्रियाद्वारा अलग गरि हावामा भएको कार्बन दाइ अक्साइडको कार्बन संग संयोजन गरि पेट्रोल बनाउने प्रबिधिको करिब करिब सफल हुने अवस्थामा छ |" यसो गर्दा पेट्रोल पनि पाइने अनि प्रकृतिमा अक्सिजन पनि पर्याप्त मात्रामा बन्ने भएकोले पृथबिमा बसेका सबै पशु, पन्छी तथा मानब जातिलाई अत्यन्त फाइदाजनक हुने कुरामा अहिलेको बर्तमान बिज्ञान तथा प्रबिधि मन्त्रालय बिश्वस्त छ |

अब छिट्टै स्वाभिमानी नेपालीहरुले उर्जाको लागि अरु देशको भर पर्न नपर्ने भएकोले स्वदेश र बिदेशमा बस्ने नेपालीहरु सज्जन लाल पाठकलाइ हार्दिक साधुबाद तथा उत्तरोत्तर प्रगतिको कामना गरेर बसेका छन् |



Read Full Discussion Thread for this article