Posted by: nepalilaure October 4, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
'दाहाल अख्तियारको फन्दामा पर्दैछन्' : बाबुराम भट्टराई

"'एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो। त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,' भट्टराईको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन्।'"

http://nagariknews.com/politics/party-politics/story/46617.html

पहिले क्यन्तोंमेंट भ्रस्त्रचारको कुरो उठाउदा "तेस्तो कुरो नगर्नुस है शान्ति प्रक्रिया बिथोलिन्छ " भन्ने बाबुरामले अहिले अख्तियारले प्रचण्ड सहित महरा आदिलाई डाम्दै छ भन्नु तर्साएको मात्र हो कि सुशासनको पक्ष्यमा काम गर्छु भनेर साचिकै बुद्दि फिरेको होला ? तर आफु पनि संगै डामीना पर्छ भन्ने त थाहा हुनु पर्ने , थाहा हुदा हुदै तेस्तो कुरो गरेको भए मान्नै पर्छ बा ;)

अब अख्तियारको internal dynamics पनि पहिले जस्तो छैन - जस्तो त्यहाँ भित्र लोकमान को हालीमुहाली थियो \ अनि त इतिहासको सबैभन्दा ठुलो भास्त्रचारको काण्ड 'क्यन्तोंमेंट काण्डको' बारेमा सोध्ने बित्तिकै लोकमानले पनि प्रचण्ड/बाबुरामकै भाषामा 'शान्ति र संविधानको' संबेदनशील बिसयमा एस्तो कुरा नसोध भन्थे \ अहिले त कस्तो कागताली ले हो कुन्नि ७ जना आयुक्त मद्धे ३ जना त mr /mrs clean नै छन् भन्ने कुरा सुनिन्छ - जुन एकदम आशा लाग्दो कुरो हो \

अब त अख्तियारको internal dynamics मा प्रचण्ड बाबुराम ओली कसैको पनि कन्ट्रोल छैनकि जस्तो लाग्यो \ नत्र ओली र प्रचण्डको घाटी जोडिएको बेलामा जीउदै पुलिसमाथि आगो झोस्न जाने तथा ओलीको दाहिने हनुमान महेस बस्नेतले प्रचण्ड र उसका आसे पासे बिरुद्द हालेको मुद्दामा आख्तियार्ले केहि कदम चाल्न लागेको हो भने चै सुशासन को बाटोमा केहि कदम बढेकै मान्नु पर्छ है \

ब्यारेकमा हुदै नभएका ४-५ हजार मान्छेको नाममा पैसो बुझेर लैजाने कामको बिरोध गर्दा कतिपय साथीहरुले 'ह्या के बिरोध गर्ने तेस्तो बिचरा ४-५ गरिब केटाहरुले २-३ लाख लिएको पनि, वहा मन्त्रि सचिब ले करोडौ खाइसके ' भनेर भंचन \ मलाई पनि लाग्छ गरिब नेपाली ४-५ हजार जना केटाहरुले राज्यको तर्फ बाट ३ वोटा लाख रुपिया लिएको भए केहि थिएन तर ति बिचरा केटाहरु अहिले पनि कोहि गाउमा हलो जोत्दै होलान कोहि खाडीमा उटको आची सोहोर्दै होलान , अनि उनीहरुको नामको पैसा चै उनीहरुलाई थाहै नदिई दलालहरुले बिचमै पच पार्दिये , त्यो चै अलि नमोजा लाग्ने कुरो हुदो रैछ \

There is an update on the news:

आजको एक दैनिक पत्रिकामा'दाहाल अख्तियारको फन्दामा पर्दैछन्' शीर्षक समाचारमा मलाई गलत ढंगले जोडिएकोमा त्यसको खण्डन गर्दै खेद प्रकट गर्दछु!

I hope it will be clear what he actually said in few days.

Last edited: 04-Oct-15 11:05 PM
Read Full Discussion Thread for this article