Posted by: metta September 30, 2015
नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने
Login in to Rate this Post:     0       ?        
कति हाँस्ने - यस्ता गुन्डाहरु त नेपालका उद्योग मन्त्री छन्

अब नेपाल पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्छः मन्त्री बस्नेत

प्रकाशित मिति : मंगलबार, असोज १२, २०७२

mahesh basnetकाठमाडौं। उद्योगमन्त्री महेश बस्नेतले नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने दिशा तर्फ उन्मुख हुन लागेको बताउनुभएको छ ।

‘दश वटा पेट्रोलियम अन्वेषण सम्भावना भएका क्षेत्रको अन्वेषण तथा उत्पादन खुल्ला गर्न हामी अन्तिम चरणमा छौँ । यसका लागि ग्लोबल टेन्डरको तयारीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने गृहकार्यमा मन्त्रालय र खानी विभाग सघन गृहकार्यमा जुटेको छ’ मन्त्री बस्नेतले भन्नुभयो ।

इन्टरपाइजेज जीआइएस बेसड् माइनिङ् एण्ड जिओलोजिकल इन्फरमेसन सिष्टम सम्बन्धी अनलाइन सूचना प्रणाली (http://dmgnepal.gov.np/)को उद्घाटन गदैँ मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

उहाँले डिजिटल नेपालको कुरा भैरहदाँ खानी विभागले भूगर्भ सम्बन्धी सम्पूर्ण तथ्याङ्क भएको आधुनिक वेवसाइट निर्माण गरी यस अभियानमा बाजी मारेको बताउनुभयो ।
उद्योग मन्त्री बस्नेतले वेव साइटको निमार्णसँगै विगतमा खानीका लाइसेन्स झोला, बगलीमा रहने र खानीका सूचना थोत्रा कागजमा रहने अवस्थाको अन्त्य भएको बताउनुभयो । साथै उहाँले खानीको डिजिटल तथ्याङ्क मार्फत विद्यार्थी, खोजकर्ता र लगानीकर्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग सचिव जयमुकुन्द खनालले उद्योगमन्त्रालयका सबै निकाय इ–गर्भनेन्स तर्फ उन्मुख रहेको बताउदैँ खानीमा लगानी गर्न विदेशी तथा स्वदेशी दैनिक जसो मन्त्रालय र विभाग धाउने प्रक्रिया वेवसाइटको निमार्ण सँगै रोकिने बताउनुभयो । उहाँले वेवसाइटबाट भूगर्भ तथा खानीको नयाँ र पुराना तथ्याङ्क पाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानी विभागका महानिर्देशक सर्वजीतप्रसाद महतो, अर्थ अब्जभेटरी सिंगापुरका प्राविधिक प्रमुख प्रमेश बेनरजी लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

http://www.hamrakura.com/209136.html
Read Full Discussion Thread for this article