Posted by: magorkhe1 September 30, 2015
हरिप ध्वज
Login in to Rate this Post:     0       ?        
मेरो कार्यालय र मेरा मित्र को सन्चय कोश नजिकै भएकोले हामी हरु दिउसो खाजा खान सँगै जान्थ्यौ | एक दिन समयमा अाई नपुगेकोले म उन्कै कार्यालय् पुगे |
बाताबरण बडो गम्भिर अबस्थामा पुगेको रहेछ |कुरा सुन्दा , बुझ्दा हाम्रो खित्का झन्डै खुस्किएको ? हावाल्दार रिप ध्वज खड्का को नाम एउटा ढेड्डी बाट अर्को ढेड्डी सर्दा सर्दै पद हव्ल्दार ह सङ्को थोप्लो कसैले सार्न बिर्सिएछ र नयाँ न्वारन हुन पुगेछ ह रिप ध्वज खड्काको ठाउमा हरिप ध्वज खड्का | तेती खेर सन्चय् कोस सुन्धारामा केन्द्रित थियो र् सचय कर्ता हरुले आफ्नो बिदा लिएर आउनु पर्ने हुँदा उनी हरुलाई हरेक घण्टा महत्वपूर्ण हुन्थ्यो , साझको बस लिएर जान पाए होटेल खोज्नु पर्दैन थियो अलिकती भए पनि बच्थ्यो |
यो बिचरा आफ्नो पारीचय पत्र ( सन्चय कोसले र आफ्नो प्रहरी कार्यालयले दिएको परिचय पत्रमा ) हवल्दार रिप ध्वज खड्का नै छ तर सँचयकोसको कार्यालयमा रहेको मुख्य ठेलिमा भने हरिप ध्वज भै सक्यो ? यो एसो भएको होला भनेर सच्याउने काम मा पनि त्यो मालपोत कार्यालयको कारीन्दाको जस्तो फलानो भनेको फलानोनै हो भनी गाउ बाट लिएर आउनु पर्ने ? हवल्दार् काम सिध्याउने भन्दा पनि नाम त्यही तेतीखेरनै र कार्यालयले गरेको गल्ति उनिहरुले नै तुरुन्त सच्याउन पाए हुन्थ्यो तिर दिमाग घुमी सक्यो |
कार्यालयका कारीन्दा देखी हाकिम गाउ बिकास भन्दा अर्को सोच तिर दिमाग लडाउन सकेन भने त्यहा भएको गल्फत्ती हेर्न र सुन्न लायककै थिए | भनाइ छ नि नामर्द्को जोइ हुनु भन्दा मर्द्को दासी बेस | कारीन्दे ढाचाको हाकिम मातहत काम गरियो भने भएको दिमाग पनि उनिहरु जस्ताइ हुँदै जादो रहेछ | म सँग गएको अर्को मित्रले " सन्चय कोसले परिचय पत्र दिएको बेलाको ढड्डा ल्याएर कारीन्दे दिमाग भएको हाकिमको अगाडि ठद्याइ देउ तेस्मा त होलानी ह रिप ध्वज ? मेरा मित्र यो काम न सुल्टाए सम्म ह रिप ध्वजले उठन दिएको हैन, हामी लाग्यौ खाज खान |
कुनै बेला पढेको थिए ह राम पाण्डे चै हराम पाण्डे भएको : शायद पाण्डे पुराण मा होकी
काक्ताली परेको भनेको एही होला : हास्य ब्यङ्मा पढिएका कुरा सुन्न र देख्न मा पनि पाइदो रहेछ |
Read Full Discussion Thread for this article