Posted by: metta September 29, 2015
निकम्मा नेताहरु
Login in to Rate this Post:     0       ?        
मिनेन्द्र रिजाल पनि इंडिया कै agent जस्तो काम गर्न थाल्यो:

भारतीय च्यानल बन्दगर्नेलाई कारवाही गर्ने मिनेन्द्र रिजालको २४ घण्टे अल्टिमेटम
कतार पुगेर भारतले नेपालमाथि नाकाबन्दी नगरको भन्दै भारतको बचाउ गरेको भनिएका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भारतीय टिभी च्यानल बन्द गरेका केवल सञ्चालकहरुसँग स्पष्टिकरण मागेका छन् । कोइराला सरकारमा कृष्ण सिटौलाको सिफारीस र भारतीय आशिर्वादमा मन्त्री पाएको विश्वास गरिने मन्त्री रिजालले मंगलबार साँझ नेपालमाथि नाकाबन्दी गर्ने भारतीय दादागिरी बिरुद्ध केवल सञ्चालकहरुले गरेको प्रतिकात्मक बिरोध स्वरुप भारतीय च्यानल बन्द गर्दा स्पष्टिकरण मागेर भारतीय पक्षको पक्षपोषण गर्न खोजेका छन् । २४ घण्टे अल्टिमेटम दिंदै कारवाहीको धम्कीपूर्ण भाषा प्रयोग गर्दै मिनेन्द्र रिजालले सम्हालेको मन्त्रालयबाट शाखा अधिकृतको हस्ताक्षर गरेर केवल टेलिभिजन सञ्चालकहरुसँग जवाफ मागेका छन् ।
Read Full Discussion Thread for this article