Posted by: cybernepali September 25, 2015
भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो
Login in to Rate this Post:     0       ?        
चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन

चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन

भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो

काठमाण्डौ ६ असोज /  नेपालको संबिधान बिरुद्ध असहमती जनाउदै भारतले जुनसुकै समयमा नाकाबन्दी लगाउने भन्ने दिएको धम्कि बिरुद्ध छिमेकी राष्ट्र चिनले आफनो मुख खोलेको छ ।

नेपाल आफनो असल र सहयोगी छिमेकी रहेको बताउदै एक चिनीया अधिकारीले भारतले नाका बन्दी गरे नेपाललाई सबै सामान भारतको दुइ गुणा बढी सहुलियतमा सामान पठाउन तयार रहेको बताएका छन ।

यसतो अवस्थामा भारतले नाकाबन्दी गरीहाले नेपाललाई आवश्यक खाद्यन्न , लता कपडा , पेट्रोल , डिजेल , ग्यास आदी सामग्री भारतले भन्दा निकै सहुलियतमा पठाइदिने चिनीया अधिकारीले बताएका छन ।

सदियौ देखी नेपालसंगको मित्रता चिनकालागि हृदयस्पर्सी रहेको र आपत परेको बेला चिन सरकार पछि नहटने समेत जनाइएको छ । साथमा भारतले नेपाललाई गरेको गतिबिधीको पनि चिन सरकारले नजर गरीरहेको बताएको छ ।

चिनियाँ अधिकारीका अनुसार भारतले नाकावन्दी गर्ने कुरामा चीन सरकार त्यति विश्वस्त छैन र कथंकदाचित नाकावन्दी गरिहाल्यो भने तातोपानी नाकाको वाटो र रसुवाको वाटो यथाशिघ्र र्ममत गरि यातायात सुचारु गर्न पनि चीनले सबै खाले सहयोग गर्ने बताएको छ ।


http://www.outsidenepal.com/np/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A8%E0%A4%97%E0%A4%B0-%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A4%BF-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/

Read Full Discussion Thread for this article