Posted by: metta September 23, 2015
अनलाइन पिटिसन: ओबामा, भारतलाई सम्झाइदेउ
Login in to Rate this Post:     0       ?        

ओबामा, भारतलाई सम्झाइदेउ भन्दै इन्टरनेट अभियान

२०७२ असोज ६ गते १६:३६ मा प्रकाशित

Petition about india to stop interfering in nepal

६ असोज, काठमाडौं । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

मंगलबार ट्वीटरमा ‘ब्याक अफ इण्डिया (#BackOffIndia) ‘ अर्थात ‘पछि हट भारत’ भन्ने हृयासट्याग विश्वव्यापी रुपमै ट्रेन्डिङ् भयो ।

नेपाली इन्टरनेट प्रयोगकर्ता यतिमै रोकिएका छैनन् । अब उनीहरु महाशक्ति राष्ट्र एवं भारतको ठूलो ब्यापारिक साझेदार अमेरिकालाई गुहार्न थालेका छन् ।

‘ओबामा, नेपालमा हस्तक्षेप नगर्न भारतलाई सम्झाइदेउ’ शीर्षकमा उनीहरुले अनलाइन पिटिसन सुरु गरेका छन् । यो अभियानमा अहिलेसम्म ३ हजारभन्दा बढिले सहभागिता जनाइसकेका छन् । अभियानमा विश्वभर छरिएर रहेका नेपालीहरुले भाग लिइरहेका छन् ।

पिटिसन आह्वानकर्ता अनिल पौडेलले भनेका छन्- ‘लामो प्रतिक्षापछि नेपालले नयाँ संविधानमार्फत् स्थायित्व ग्रहण गर्न लागेका बेला भारतले त्यसलाई असहयोग गरेर युद्धको अबस्थामा पुर्‍याएको छ । यो गरिव मुलुकमाथि भारतको आक्रमणलाई रोक्न कृपया ऐक्यबद्धता जनाउनुहोस् ।’

अभियानमा सहभागिता जनाउँदै यूएईमा रहेका विजय कार्कीले लेखेका छन्-यो हाम्रो सम्प्रभूता हो ।’ दोहामा रहेका निमा पराजुलीले पनि अभियानमा भाग लिएका छन् र लेखेका छन्-भारत सरकारले हाम्रो देशमा हस्तक्षेप बन्द गरोस् ।’

अष्ट्रेलियामा रहेका कन्चन घिमिरेले लेखेका छन्, हाम्रो देश, हाम्रो निर्णय तिम्रो मुख बन्द गर । हाम्रो देशलाई केही नगर ।’

http://www.onlinekhabar.com/2015/09/330239/
Read Full Discussion Thread for this article