Posted by: metta September 18, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
एन्फाले षडयन्त्र गर्यो: थापा
16 Sep 2015 | 07:17am
बुधबार ३० भाद्र, २०७२
नागरिक

काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लबका प्रशिक्षक कृष्ण थापाले आफ्नो क्लबविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियोजित षडयन्त्र गरेको आरोप लगाएका छन्।

मंगलबार एन्फा मुख्यालयको मैदानमा रुस्लान थ्री स्टार क्लबसँग पराजित भएपछिको पत्रकार सम्मेलनमा बोल्दै थापाले एन्फाविरुद्ध आक्रोश पोखे। 'करिब ५ महिनापछि हिजोबाट लिग सुरु भएको छ। एन्फाले हामीविरुद्ध षडयन्त्र नगरेको भए हामी लिग रोकिएको यो अवधिभर शीर्ष स्थानमा रहन्थ्यौं। एन्फाले हामीलाई शीर्ष स्थानमा रहन नदिनकै लागि भुइँचालो गएको दिन वैशाख १२ मा पनि लिगको खेल गरायो,' झापा र मोरङबीच वैशाख १२ मा भएको खेल मिलेमतो भएको आरोप लगाउँदै थापाले भने, 'प्रष्टै छ, त्यो खेल अन्डरस्ट्यान्डिङमा भएको थियो। मोरङको प्रतियोगितामा उपाधि आशा थिएन। दुवै पूर्वाञ्चलका टिम हुन्, बुझ्नुस त्यो पूरा अन्डरस्ट्यान्डिङमा भएको खेल हो। हामीलाई शीर्ष स्थानबाट हटाउन त्यस्तो गरिएको हो।'

थापाले बुधबार जगदम्बा लुम्बिनी र सुदूरपश्चिमबीच पनि मिलेमतोमा खेल हुने दाबी गर्दै थापाले भने, 'हामीविरुद्ध धेरै षडयन्त्र भएका छन्। हामीलाई लगातार थ्री स्टार, मनाङ मर्स्याङ्दी, पुलिस जस्ता बलिया टोलीसँग पार्ने र झापालाई चाहिँ कमजोर टिमसँग पारिएको छ। टाइसिट बनाउने बेलादेखि नै षडयन्त्र भएको छ।'

युवा टोलीले घरेलु मैदानमा यु–१९ साफ च्याम्पियनसिप जितेको तथा राष्ट्रिय टोलीले पुनेमा भारतसँग गोलरहित बराबरी नतिजा निकालेकोमा भने थापाले प्रशंसा गरे। पछिल्लो समय एन्फाविरुद्धको आन्दोलनमा सक्रिय थापाले राष्ट्रिय लिग आयोजनामा पनि व्यवस्थापन चुस्त भएको बताए।

'एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको दुःखद निधन भएपछि हामीले शोकमा तीन दिन अभ्यास पनि गरेनौं। त्यो हामीले ललितजीको सम्मानका लागि गरेका थियौं। तर, एन्फाले भने हामीलाई शीर्ष स्थानमा बस्न नदिनकै लागि १० औं हजार मानिसलाई भुइँचालोले लग्दा पनि खेल रोकेन,' थापाले भने। http://nagariknews.com/sports/story/45454.html

एन्फाले कृष्ण थापासँग स्पष्टिकरण माग्यो

काठमाडौं, भदौ ३१ – एपिएफका प्रशिक्षक कृष्ण थापालाई लिगमा एन्फाको षडयन्त्र देख्नु तथा झापा र मोरङबीचको खेलमा मिलेमतोको आरोप लगाउनु महंगो परेको छ । त्यहि विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रशिक्षक थापासँग स्पष्टिकरण माग गरेको छ ।

रुस्लान थ्री स्टारसँगको खेलपछि मंगलबार थापाले भनेका थिए ‘झन्डै ५ महिनापछि लिग सुरु भयो । एन्फाले हामीविरुद्ध षडयन्त्र नगरेको भए हामी लिग रोकिएको अवधिभर अग्रस्थानमा हुन्थ्यौं । हामीलाई शीर्ष स्थानमा रहन नदिनकै लागि एन्फाले भुइँचालो गएको दिन वैशाख १२ मा पनि लिगको खेल गरायो ।,’ एन्फाले थापालाई थापालाई असोज २ गते १० बजे सम्म जवाफ पेश गर्न भनेको छ । ‘ सबै क्लबको प्रतिनिधिको सहभागितामा नियमानुसार बनाइएको खेलतालिकामा उहाँले कसरी एन्फाको षड्यन्त्र देख्नुभयो । त्यसमा जवाफ मागेका छौं ’एन्फाका एक अधिकारीले भनेका छन् । थापाले झापा र मोरङबीचको भइसकेको खेलमा मिलेमतो भएको र हुने खेलमा पनि त्यस्तै हुने अभिव्यक्ति दिएकोमात्र पनि एन्फाले जवाफमा मागेको छ ।

सोही पत्रकार सम्मेलनमा थापाले वैशाख १२ मा झापा र मोरङबीच भएको खेलमा मिलेमतो भएको र तीनै दुई टोलीबीच भदौ ३० मा हुने खेलमा पनि मिलेमतोको आशंका व्यक्त गरेका थिए । एन्फाले मिलेमतोको प्रमाण पेश गर्न भनेको छ । झापा र मोरङको आक्रोश झापा र मोरङ पनि एपिएफ प्रशिक्षक कृष्ण थापामाथि खनिएका छन् । मोरङ र झापाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दैै थापालाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गरेका छन्् ।

मोरङ फुटबल क्लबका अध्यक्ष रविन दाहाल र रमपम झापा–११ का अध्यक्ष जलकुमार गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘झापा र मोरङबीच वैशाख १२ को खेलमा मिलेमतो भएको र भदौ ३० मा हुने खेलमा पनि मिलेमतो हुनेछ भनी व्यक्त धारणा अत्यन्तै निन्दनीय र खेलभावना विपरीत पाएका छौं ।’ उनीहरूले मिलेमतोलाई प्रमाणित गर्न चुनौती दिएका छन्

एन्फामा थापाले माफी मागे
काठमाडौं, असोज २

एपीएफका प्रशिक्षक कृष्ण थापाले आफूहरुविरुद्ध षड्यन्त्र भएको र केही टिमले खेल मिलेमतो गरेको आरोप लगाए यता त्यसलाई लिएर शुक्रबार माफी मागेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यस अभिब्यक्तिलाई लिएर एन्फाले स्पष्टिकरण मागेपछि थापाले त्यो हतार मानसिकतामा गल्ती बोलेको बताएका थिए । उनलाई भविष्यमा यस्तो नवोल्न सचेत समेत गराइएको छ ।
प्रकाशित मिति: शनिबार, आश्विन २, २०७२
http://setopati.com/chapa-bata/34058/
Read Full Discussion Thread for this article