Posted by: ugeslimbu September 13, 2015
पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव -
Login in to Rate this Post:     0       ?        
तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको बेला त्यस्तो दाबीलाई बल पुग्ने गरी केही दिनअघि वीरगञ्जमा एक डरलाग्दो घटना भएको रहस्य खुलेको छ ।  घटना भदौ १९ गतेको हो । जुन दिन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आन्दोलनकारीहरुले पानीमा डूबाउन र चित्तामा जलाउन खोजेपछि बबण्डर भएको  थियो । लाशमाथि राजनीति गर्ने उद्देश्यका साथ पुगेका अध्यक्ष यादवलाई उनका कार्यकर्ताले बालबाल बचाएर त्यहाँबाट भगाएका थिए । यदि फोरमका कार्यकर्ता त्यहाँ थिएन भने सो दिन उपेन्द्रको समेत ज्यान जानसक्ने दृश्य देखिएको थियो ।  सो दिन प्रहरीको गोलीबाट वीरगञ्जमा मारिएकाहरुको शवयात्रा आयोजना गरिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको शव वीरगञ्ज २२ विन्दबासिनीको तिलावे पुलमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको थियो । हजारौ स्थानीयका बीच बिहान १० बजे अस्पताल क्षेत्रबाट सुरु गरिएको शवयात्रा राति साढे ७ बजे मात्र तिलावे पुलको घाटामा पुर्याइएको थियो ।  शवयात्रा अस्पताल क्षेत्रबाट घाटसम्म पुग्नलाई त्यति धेरै ढिलो हुनुको पछाडि संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको डिजाइन रहेको थियो । प्रदीप यादवले आफ्ना पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर भाषण गरी त्यहाँ राजनीति गर्न खोजेका थिए । उपेन्द्र पूर्वको जिल्लामा पार्टी कार्यक्रममा व्यस्त थिए । तर जव शवयात्रामा हजारौ मानिसहरु सहभागी हुने खबर पाए सोही मासलाई क्यास गर्न साँझसम्म भएपनि वीरगञ्ज आउने कार्यक्रम तय भयो र आन्दोलनको जस लिन उपेन्द्र वीरगञ्ज पुगेर सोझै घाट पुगे । उपेन्द्र पुगे लगत्तै पूर्व डिजाइन अनुसार दाहसंस्कार सुरु भयो ।  शवयात्रामा सहभागी धेरैलाई उपेन्द्र आउने कुरा थाहा थिएन, न त यादवको मोर्चा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सहभागी अन्य पार्टीका नेताहरुलाई नै । लाश जल्न थालेपछि उपेन्द्र तत्काल बनाईएको स्टेजमा चढे र माईक लिएर भाषण गर्न थाले । त्यत्तिकैमा आक्रोशित प्रदर्शनकारील्े लासको राजनीति गर्ने ? घाटमा पनि भाषण गर्ने ? त गद्दार होस् भन्दै उपेन्द्रको माईक खोसे । कसैले उपेन्द्रलाई पानीमा डुबाएर मारिदिऊ भन्दै तान्न थाले भने कसैले जलिरहेको चितामै हालेर उपेन्द्रलाई पनि जलाउनुपर्ने भन्दै अर्कोतर्फबाट तान्न थाले । शवयात्रामा सहभागी मधेशी जनता एकैपटक आफूविरुद्ध खनिएपछि उपेन्द्र यादव निकै धेरै डराएका प्रत्यक्षदर्शीले बताए । त्यसपछि आफूमाथि अप्रिय घटना हुनसक्ने र आन्दोलनमा घूसपैठ भएको ठानेका उपेन्द्रले तत्काल आफ्ना कार्यकर्तालाई भीडबाट निकाल्न आग्रह गरे । निकै अत्तालिएका आफ्ना अध्यक्षलाई फोरमका कार्यकर्ताले घेरा हालेर बल्लतल्ल त्यहाँबाट निकाले र उपेन्द्र त्यहाँ थप सम्बोधन नै नगरी वीरगञ्जमा गएर सुरक्षित स्थानमा बसे । फोरम निकट स्रोतका अनुसार वीरगञ्ज पुगेर उपेन्द्रले आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई आफूमाथि नै ज्यान नै लिनसक्ने प्रयास कसरी भयो ? भनेर सातो लिएका थिए । कार्यकर्ताले आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको र अपरिचितहरुको बाहुल्यता बढेको भन्दै आन्दोलनको क्रममा जस्तोसुकै अप्रिय घटना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।  सो घटनापछि प्रदीप यादव समेत आन्दोलनमा सक्रिय छैनन् । वीरगञ्जमा आन्दोलनको कमाण्ड गरेका उनले प्रदर्शन नै नियन्त्रणबाहिर गएको र त्यसको जस आफूले लिन नसक्ने भन्ने लागेपछि अहिले निकै निस्क्रिय अवस्थामा रहेका स्रोतको भनाई छ । बल्लतल्ल उपेन्द्रले ज्यान जोगाए पनि सो घटनाबाट मधेशको आन्दोलन कसरी अगाडि बढिरहेको छ र कुन रुपमा अनियन्त्रित बनिरहेको छ भन्ने कुरा यो घटनाले प्रष्ट पार्ने विश्लेषकहरुको भनाई छ ।    - See more at: 
Read Full Discussion Thread for this article