Posted by: amricane September 11, 2015
आऊ दशैं मा देस काटौ
Login in to Rate this Post:     2       ?         Liked by
आऊ हामी सब फुटौ
एक अर्का संग जुधौ
दाइ भाइ मारकाट गरौ
नयाँ नेपाल को नयाँ दशैं नयाँ तरिका ले मानौ
आऊ हामी यो दशैं मा देस काटम
नयाँ नयाँ सिमा
नयाँ नयाँ प्रदेस हालौ

कति काट्ने खसी
यो पालि केई नयाँ काटौ
लुगा हाल्ने चलन पुरानो भयो
नयाँ अरु केई हालौ
देस काटे कसो होला
सिमा पनि नयाँ हालौ
नयाँ प्रदेस , नयाँ सरकार
नयाँ सम्भिधान, नयाँ नेपाल

नयाँ दशैं को बम्पर अफर राम्रो छ
मरे ५० लाख रे
बाचे तिमि सिदै मन्त्रि रे
नयाँ नेता को नयाँ भाषण नि राम्रो छ
नयाँ नेपाल आउछ रे
घर घर बाटो पुग्छ रे
बत्ति नि सब सित्तैमा रे
खोला त गाउ गाउ पुग्छ रे
विकास आफै हुन्छ रे
देस आफै चल्छ रे
नयाँ नेपाल आफै बन्छ रे !

नयाँ नेपाल मा तिमि पढ्न पर्दैन रे
नपढी जागिर खान पाउछौ रे
पानी नपरेको बाहुन मन्त्रि भएर रे
तिम्ले नपढेको छेत्रीले गरेर रे
तिमि खाडी मा गएको नेवारले गरेर रे
नयाँ नेपाल बने पछि तिमि बेरोजगार हुन्नउ रे
नयाँ जागिर घर मै मिल्छ रे
अनि तिमि अल्लारे भएर बस्न पर्दैन रे
मधेस मा हिऊ पर्छ रे
पानी बर्ष भरि पर्छ रे
नयाँ नेपाल बने पछि
मधेस मा सुन फल्छ रे

खै तिमि पागल होउ कि म
म त दशैं हैन दशा देख्छु
देस काटे पछि तिमि स्वर्ग बन्छ भन्छौ
म त अनिश्चता को भुमरी देख्छु
भाइ फुट्ने गाउले ले लुट्ने प्रस्ट देख्छु
खै तिमि कसरि भोज देख्छौ
म त केवल शव मात्र देख्छु

तर देस जावोस असफलता तिर
केवल तिमि र म बनौ
तिमि आफ्नो राज्य माग
म आफु लाइ एउटा भन्छु
यो दशैं मज्जा ले मानौ
नयाँ नयाँ सिमा
नयाँ नयाँ प्रदेस हालौ
आऊ यो पालि दशैं मा देस काटौ !
Read Full Discussion Thread for this article