Posted by: Rahuldai September 3, 2015
चार वर्ष पछि नेपाल जादा एरपोर्ट मये लुटिए
Login in to Rate this Post:     6       ?         Liked by
पहिलो कुरो अनराइभल भिसा फी कति लागो रहेछ , त्यो थाहा पाउनु पर्थ्यो | ९० दिनको लागि १०० डलर नै हो |
दोस्रो कुरो भिसाको लागि पासपोर्ट दिए पछि भिसा छाप लगायो कि लगाएन हेर्ने जिम्मा आफ्नो हैन र ? आफ्नो पासपोर्ट हो कि हैन , भिसा कति दिनको लागि दियो आदि इत्यादि चेक नगरी अंगिकृत अमेरिकन भाको भन्दैमा सुर्ती खाको फुर्ति लाएर निस्कनु आफ्नो गल्ति हो कि हैन ?

यथार्थ कुरा खुलाएर अध्यागमन बिभाग जानुस्, तपाइँको भिसा लाग्छ, इलिगल्ली इल्लिबिल्ली भएर बस्नु पर्दैन अनि त्यो १०० डलर माराको बिरुद्ध उजुरी गर्नुस , लाल बाबु छंदै छ , कार्यबाही गर्नलाई | अमेरिकन हुँदैमा नेपाली संस्कार बिर्सनु भएन नि , नेपालमा हुन सक्ने बेतिथी, बेइमानीको स्थिति प्रति त आफु पनि चनाखो हुनु पर्यो नि | सधैं अरुलाई मात्र गाली गरेर हुन्न , कहिले काहीं आफैलाई गालि गर्ने गर्नुस |


Read Full Discussion Thread for this article