साकेतले सुनाएको क्यारोनको
कथा
यो डायरी मेरो होइन। म त
फगत एउटा पात्र ।सुधाको नजिकको ! वास्तवमा सुधाको अघि कहिलेकाहिँ लेखक भन्न पनि डर
लाग्छ। उसले आफ्ना पल पललाई कोरेर ,जतन गरेर यसरी राखेकी छे मलाई कहिलेकाहिँ लाग्छ
उ म भन्दा ठूलो लेखक हो। उ आफुलाई मेरो ठूलो प्रशंसक भन्न रुचाउँछे। शायद मेरो
जीवनको सवैभन्दा ठूलो सफलता होला।
उसले मलाई आफ्नो कथा सुनाउँदा सुनाउँदै प्रश्न
राखेकी थिइ
"त्यो वाहिरको
तस्विरको वारेमा !को हो त्यो केटी?"
"क्यारोन !" मेरो
मनले मनमनै भन्यो। " उ मेरी क्यारोन हो !"
************* ***********
************* ************* ************** ************
एम्स्टर्ड्यामका क्यानलहरु
हिउँले छोपेका थिए। जमेको क्यानलमा स्ट्रिट लाइट चम्किरहेको थियो। यहाँ मानिसहरु
जमेको हिउँमा स्केटिंग गर्छन्। त्यहि क्यानलमा वसेर वियर खाँदै लागेको घामको मजा
लिन्छन्। मलाई कहिलेकाहिँ लाग्छ त्यो जमेको हिउँ पनि मान्छेले आफूमा वनाएको पर्दा
जस्तो न हो। भित्र के हुँदै छ पत्ता पाउनै गाह्रो।
म छेवैको कफि शपमा
एस्प्रेसोले हिजोको ह्यांगओभर हटाउन खोज्दै थिएँ। त्यतिखेर भने मैले मेरो जीवनको
एउटा अनन्य पात्र भेट्टाएँ " क्यारोन !"
पहिला उ रोइरहेकी थिइ। मेरो
क्यामेरा छेवैमा थियो। धेरैवेर खिचौँ ,नखिचौँको दोधारमा रहेर मैले उसको फोटो खिचेँ
। मैले खिचेको क्यारोनको पहिलो तस्विर। उ अस्तव्यस्त थिइ । किन रोइरहेकी थिइ ?
टाढावाट पत्ता लाउन सकिन। तर मेरो फिफ्टिन थ्रीहन्ड्रेडको लेन्स भएको निकोनले
टाढैवाट पनि उसको स्पष्ट तस्विर खिच्यो। त्यो तस्विर पछि मैले खिचेको मोनालिसको
तस्विर वन्यो।
करिव पाँच मिनट को क्याफेको
वसाइ पछि मैले फेरि क्यारोन तिर आँखा दौडाएँ। उसले मेरो आँखा उसैतिर तानी भनौँ। क्यारोन
भने अव धुवाँ उडाउँदै थिइ, वेखवर भएर। एम्सटर्ड्यामको धुवाँ अरु धुवाँ भन्दा फरक
हुन्छ। अलि स्ट्रंग हुन्छ। अनि त्यो धुवाँमा परिधी हुन्न। कसैको रोकटोक हुन्न। जति
पनि उडाउन पाइन्छ। घडी हेरेँ। विहानको साढे दश वजेको छ। विहानै उसलाई ड्रिंकका
लागि जौँ पनि भन्न सक्दिन।
"हाइ !" मैले
नजिकै गएर सुस्तरी भनेँ।
उसले उत्तर फर्काइन।
क्यारोनलाई नजिकै वाट हेरेँ। नाकमा फुली लगाएकी थिइ। करिव चार पाँच कलरमा कपाल
इन्द्रेणी वनेको थियो। अनी त्यो खैरो आँखा गहिरो थियो। आँखाको तल केहि काला
धव्वाहरु थिए। उ शायद इटलियन हुनुपर्छ। इंग्लिस वुझ्दिन होला !
"तिमी मलाई कस्तो केटा
रहेछ भन्छौ होला। तर परवाट देखेको मैले सहन सकिन ! एक चोटी वोल्नै पर्छ जस्तो
लाग्यो !"
"हाइ, मेरो अंग्रेजी
राम्रो छैन सरी !"
"कहिलेकाहिँ वोलेको
त्यत्तिकै वुझिन्छ, भाषा चाहिन्न !" म थोरै हाँसे।
"वाइ द वे के भाषा
वोल्छौ? मलाई थोरै थोरै फ्रेन्च पनि आउँछ !" मैले अझै जोड गरेँ। उसले म
तिर पुलुक्क हेरी खासै उत्तर दिन मन नगरे जस्तो गरेर।
"स्पेनिस !"
"म त्यो पनि वोल्छु
थोरै !"
स्पेनिस् रैछ।
"के वोल्छौ स्पेनिस मा
?"
"केरो बेवेर
कन्मिगो?(म सँग केहि पिउँछौ?)"
"हाहाहाहाहा, नाइस
ट्राइ , भख्खर एघार वज्दैछ।"
"पिइ सकेपछि घडी कसले
हेर्छ र ?" मैले अझ जोड गरेँ।
उसले टुलुटुलु हेरी । त्यो
अघिको धुवाँले उसलाई लठ्ठ वनाएको छ। उसलाई वोल्न पनि मन छैन। मलाई भने लठ्ठ परेकी
उसले नै लठ्ठ वनाएकी छ।वोलिरहन मन लागेको छ।
"समय त त्यहि नै हुन्छ
,घडी हेरे पनि नहेरेपनि !"
"मान्छेले आफुले
आफुलाई ढाँट्न सक्नुपर्छ कहिलेकाहिँ मिस............."
"क्यारोन , मेरो नाम
क्यारोन हो ! तिम्रो?"
"साकेत !"
"इन्डियन हौ?"
मैले टाउको हल्लाएँ।
"मलाई पनि हैन जस्तै
लागेको थियो !" उ खितित्त हाँसी ।
"म छेवैको पुलिट्जर
होटलमा वसेको छु। वि क्यान ह्याभ लन्च टुगेदर"
"तिमीलाई म पछि पछि
आउँछु जस्तो लागेको छ?"
"कहिलेकाहिँ प्रयास
गर्दा के जान्छ र ?"
"तिमिले यहाँको विड
ट्राइ गरेको छौ?"
"छैन !" मैले
टाउको हल्लाएँ।
"कुरा सुन्दा त गरे
जस्तो लाग्छ। हाम्रो भेट भएको दश मिनट पनि भएको छैन।"
मैले घडी हेरेँ । उ गलत
थिई। तेह्र मिनट भएको थियो।
"जीवनका धेरै
महत्वपुर्ण कामहरु दश मिनट मा टुंगिन्छन् ।"
"सरी म तिमी सँग होटल
जान सक्दिन । तर तिमीले मलाई लन्च अफर गरेका छौ। त्यो एक्सेप्ट गर्न सक्छु। यो
वाटोको कुनामा मिठो पिजा पाउने इटलियन रेष्टुरेन्ट छ ! अनि भ्यान गो को म्युजियम
पनि "
म त्यो म्युजियम पुगेको छु।
रमाइलो छ।
"तिमीलाई म्युजियम जान
मन छ?"
"छैन ! तिमीलाई पछि
म्युजियम मा राख्नुपर्छ जस्तो लागेर भनेको। युनिक छौ !" उ खितित्त हाँसी ।
आफ्नो झोला उठाई ।अनि भनी
"भामोस अमिगो !"
मैले मेरो निकोनको फोटो
डिस्प्ले गरेर हेरेँ। उसको रोएको फोटो आकर्षक थियो। पत्ता लागेन उ किन रुँदै थिई।
खुशीमा वा दुखमा !