Posted by: magorkhe1 September 3, 2015
अब देखि नेपाल-बन्द होइन नेता-बन्द
Login in to Rate this Post:     0       ?        
एउटा ज्यामिर अर्को निबुवा कुन रोजौ |
तेश्रो र चौथो बिकल्प खै ? 
हामि देश प्रति भन्दा पार्टी प्रति बफादारिता बढी छ | देशको झण्डा फेरिए पनि पार्टीको झण्डा लहराई रहोस भन्ने मानसिकताको बिकास भएको छ |
युबा शक्ति बिदेशी रोजगारलाइ बिदेशिएको छ , देश रेमिट्यान्स बाट र बिदेशी ऋण बाट चल्दै छ | भएका उद्योग धन्दा पनि जाना जान रुग्ण बनाइएका छन् , युनियनको नाममा मजदुर हरु भाडिएका छन् , उद्योग धन्दा नाफामा चल्नु अगावै माग र ताला बन्दि सुरु हुन्छ | हामि यन्त्रबत मानब भएका छौ | रिमोट तिनै नेताका गोजीमा छन् |

लौ भन्नुस कसैले आफैलाई गालि गर्छ ? आफ्नो गल्ति पनि अर्कालाई देखाएर पन्छिने हाम्रो बानि : कहाँ बाट आफैलाई गालि गर्नु ? हामि त पानि माथिको ओबानो हुने चलनका मानिस हौ ?


Last edited: 03-Sep-15 09:57 AM
Read Full Discussion Thread for this article