Posted by: cybernepali September 3, 2015
अब देखि नेपाल-बन्द होइन नेता-बन्द
Login in to Rate this Post:     0       ?        

रोजन श्रेष्ठ


सर्बप्रथम, आँफैले चुनेर पठाउने अनि पछी गएर त्यही चुनिएकालाई गाली गर्ने प्रथा त्यागौं । बरु आफ्नो रोजाइलाई गाली दिउ । आफुले चुनेर नपठाएको भए तिनीहरु त्यहाँ हुँदैनथे । औंला उठाउनु छ त आफप्रति पनि उठाऔं । अनि गल्तिको महसुस गरौं । सधैं नेतालाई गाली गर्ने हैन, नेता बनाउनेलाई पनि उत्तिकै भागेदारी बनाऔ ।


दोश्रो, अरुले केही गरेन भन्ने सोंचलाई छेउमा राखेर आफुले चाँही के गरें भनेर सोधौं ।  देशको उलट पुलट पाँचदश वर्षमा कतैपनि भएको छैन संसारभर । चाहे त्यो अमेरिका होस् या त चीन । विकाश र उलटपुलटका लागि वर्षौं लागेको छ । लामोसमयदेखि विकाशको लहर निरन्तर रुपमा चलिरहेको छ । यही निरन्तरताका कारण अमेरिका पनि अमेरिका बन्न सक्यो, चीन पनि चीन बन्न सक्यो ।


नेपालमा के बिकास हुँदै नभएको हो त ? झ्याल खोलेर हेरौ, दश बर्ष अगाडि मान्छेले के लगाउथे, के चड्थे, कहाँ पढ्न जान्थे, के खान्थे ? र आज हामी कहाँ सम्म आईपुग्यौ ? के यो विकास हैन र ? हजारौ नेपालीहरु विदेशमा छन् । कोही ब्यापारी छन् । कोही लाहुरे होलान् ।  कोही विभिन्न सरकारी र नीजि क्षेत्रमा उच्च तहमा कार्यरत छन् । हामीले काठमाडौंमा घर बनाउने र छोरा छोरीलाई आईफोन किन्ने बाहेक अरु के नै गर्न सक्यौं ?


घरको अगाडि नाली भात्किदा पनि सरकारकै भर । आफैले बागमती दुर्गन्धित बनाउने अनि  सरकारलाई गाली । ए बाबा, हुँदा हुँदा भोली दिसा आएन भने पनि के सरकार र  ६०१ सभासद्लाई नै गाली दिने ?


तेस्रो, छिमेकीले बुद्धको कुरा निकाल्दा हामी आक्रोशित हुन्छौ । भारतले बुद्धको बारेमा कुरा गर्दा त्यस्तो आक्रोशित हुने हामी गौतम बुद्ध नेपालकै थिए भनेर गर्व गर्नका लागि कोही आफै उदाहरण बन्न सकेको ?  जन्मिएर मरेर गैसके उनी ।  तैपनी उनको नाममा आजपनि हामीलाई शान छ ।  बुद्ध त बुद्ध बने । आफ्नो बुद्धत्व छाडेर गैसके । हामी उनको नाम लिएर गर्ब गर्नु नै छ भने उदाहरण बनेर देखाऔं न त । अनी पो कसैले बुद्ध कहाँ जन्मेका भनेर सोध्न पर्ने अवस्था पनि आउने छैन ।


हो, देश बिकास हुनुमा र बिग्रनुमा नेताहरुको ठुलो हात हुन्छ । यो कुरा म पनि स्विकार्छु । यसको उपाय के त ? नेताहरुलाई गाली गर्दा मात्र केही हुनेवाला छैन । कोठामा बसेर, फेसबूक चलएर, स्ट्याटस अप्डेट गरेर, यो भएन, त्यो भएन भनेर हामी जत्तिनै चिच्याएपनि  कसैले केही सुन्ने वाला छैन । आँफै भन्नुस, के सुशिल कोइरालाले जनताले आज के खोजेका छन् भनेर फेसबूक लगइन गर्छन् ? बामदेवलाई के थाहा कि मेरो साथीले आज रोइरहेको नेपालको तस्विर प्रोफाइल पिक्चर बनायो भनेर । यो त केबल, हामीले आफुआफुबीच सहानुभूती प्रकट गर्ने माध्यममात्र हो । फेसबुकमा स्टाटस अपडेट गरेर मात्र देशको विकाश हुँदैन । त्यत्रो मान्छेले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख चाहिन्छ भन्दै फेसबुकमा चिच्याउँदा कसैले सुनेन । अबदेखि फेसबुक ईण्डियन आईडल र सिएनएन भोटिङ जस्ता प्रयोजनका लागिमात्र प्रयोग गरौं ।


नेपालमा दुई पटक भन्दा धेरै राष्ट्र प्रमुख बन्न नपाउने प्रबधान बनाउन जरुरी छ । चाहे त्यो ५ महिनाको लागि होस् या त ५ बर्ष नै । त्यसो भयो भने सबैको पालो आउछ । एक न एक दिन सबैको पालो सकिन्छ । अनि  खुट्टा तान्ने लहर पनि सकिएला । खोइ यो कुरामा कसैले जोड दिएको ? हामीले लडाईं पनि लड्र्यौंै, बार्ता पनि ग¥यौं ।  राजालाई पनि हटायौ । यसो हेर्ने हो भने धेरै कुरा ग¥यौं ।  गर्दैछौ पनि । तैपनि हाम्रा ६०१ ले जत्ती गाली पाएपनि तीनीहरुले हामीलाई कहिले पनि चित्त बुझाएनन् ।


मेरो अन्तिम सुझाब यो छ ,  नेपाल बन्दले भएन अब नेता बन्द गर्न सुरु गरौ। अब देखी हाम्रो पाराको गान्धिगिरी सुरु गरौं । गान्धिले जसरी भारतमा अङ्रेजबिरुद्ध बहिष्कार गरेका थिए हामी पनि हाम्रा टाउकेहरुको बहिष्कार गर्न सुरु गरौ। पत्रकारले नेताहरु सम्बन्धी समाचार नछापौ। सामाजिक सन्जालमा सबै नेताहरुलाई डिस्लाइक र अन्फ्रेन्ड गरौं । उनीहरु  सम्बन्धित कुनै स्टेटस नलेखौं ।  गाली पनि नगरौं । जय जयकार पनि नभनौं । भाषण सुन्न कोही पनि नजाअाैं । रेडियो र टिभिमा नेता सम्बन्धी कुनै समाचार या कार्यक्रम आयो भने  रेडियो टिभी नै बन्द गरौं । यस्तो भयो भने, नेपाल बन्द कहिले भयो कसैलाई थाहा हुन्न ।  र जीवन आफ्नै तबरमा चल्छ। नेताहरु भाषण  दिन आएपनि हल्ला फिजिएन भने टुडिखेलमा कोही जाँदैन, अनि नेता एक्लै चिच्चाउन् । जुलुस र आन्दोलनको कुरा हामीले सुन्दै सुनेनौ, गर्दै गरेनौ भने हेरौ न कसरी ल्याउदा रहेछन मान्छेलाई सडकमा ?  यति गर्न के गार्हो छ  ?  यीनिहरू मात्तेको नै हाम्रो कारणले हो। हामी यीनिहरुको  हतियार बनिरह्यौं । यीनिहरुले हतियारको दुरुपयोग गरे । अब सजक होऔं र शान्त नेपालको लागि नेता बन्द गर्न सुरु गरौ।
 

कोलोराडो, अमेरिका ।

- See more at: http://khasokhas.com/news/1150#sthash.ZEzGpeTo.dpuf
Read Full Discussion Thread for this article