Posted by: magorkhe1 August 31, 2015
Ranas and Shahs were scourge to Nepal
Login in to Rate this Post:     1       ?         Liked by
राजनीतिका पिछलग्गु ( कार्यकर्ता हरु समेत ) बनाइएका हरुलाई दिईने पाठ : अरु राजनीतिक संथाको मूलभुत सिद्धान्त के हुन् बारेमा क को पनि उच्चारण हुँदैन : ABC of Party ले दिमागको सम्पुर्ण अंश भरिएको हुन्छ | बिगत मा अरुले गरेको सोषण र नराम्रा कुरा हरु मात्र थुप्रिएको हुन्छ तेसैले नया कुरा भर्न लाइ ठाउ अनि इच्छा हुदैन |
तेसैले उनीहरुले बिगतमा भएको गलत कुरा मात्रै दोहोर्याउछन | बेला बेलामा राजा का कुरा अगाडी तेर्स्याउछन | तर आफ्नै नेता हरुले कति गद्दारी गरेका छन् अनि पुर्ब राजा भन्दा २-३ गुणा धन आर्जन गरेका छन् तिर उनीहरुका ध्यानाकर्सण नै हुदैन किनकी दिमाग बाटनै हटी सकेको हुन्छ | अरुका के कुरा नेट मा च्याट गर्ने सक्ने हरु पनि आफ्ना पार्टी बाट पाएको क ख को शिक्षा भन्दा माथि उक्लिन सक्दैनन् : त्यो अन्स नै दिमाग बाट चैट भै सकेका छन् |
साधारण जनता जंगलमा होमिने अनि नेताका छोरा छोरी विदेश मा सिक्षा लिने : अनि तिनी हरुको आखामा हाम्रा नेताका छोरा छोरी राना र राजा का छोराछोरी झैँ विदेश गएर सिक्षा लिनुमा कुनै फरक देख्दैनन |
मूल मुद्दा : बिगत कै कुरामा दिमाग लाइ यांत्रबत सोच्ने बनाईएको छ : भबिस्य सोचको कुरा माथिल्ला नेता हरुले मात्र सोच्ने कुरा हुन् | साधारणको बसका कुरा हैनन् : यानेकि यी कुरा यिनका दिमागमा प्रोग्राम गरिएको छैन, नत्र नेतागिरि कसरि पुस्तैनी बानाउने ?
Last edited: 31-Aug-15 12:25 PM
Read Full Discussion Thread for this article