Posted by: Punter August 30, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by



मानिसले अन्डरवेयर स्टाइल पार्न लगाउँछन्

विदुर खतिवडा

भाद्र १३, २०७२- भागेर विवाह गर्नका लागि कत्तिको स्पिडमा भाग्नुपर्छ ?
भागेर त भ्याइँदैन, पक्रिहाल्छन् नि, बाइक वा गाडी नै चाहिन्छ, हवाईजहाज भए सबैभन्दा राम्रो ।

पोखराको महेन्द्र गुफा कहाँ पर्छ ?
खै म त काठमाडौंमा बस्छु, पोखराको महेन्द्र अंकललाई म चिन्दिनँ पनि ।

सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ?
सिम्पल छ, सालीहरू बेहुलीभन्दा उमेरमा साना हुन्छन्, त्यसकारण जागिर खान थालिसक्या हुँदैनन् । पैसा कमाउने सजिलो र रमाइलो उपाय हो यो ।

के आइन्सटाइन र भ्यालेन्टाइन दाजुभाई थिए ?
खै त्यो समयमा म जन्मिएकै थिएन ।

मोबाइलमा कल गरेर यो कहाँ पर्‍यो भनेर सोध्दा तपाईंको जवाफ के हुन्छ ?
कानमा ।

श्रीमान् र प्रेमीबीच के फरक पाउनुहुन्छ ?
एउटा वैधानिक हो र अर्को अवैधानिक ।

महिलाहरू तालुखुइले भए भने सिन्दूर कहाँ लगाउलान् ?
सिन्दूर केश भए पनि नभए पनि तालुमै लगाउने त हो नि, के फरक पर्छ र ?

एक हप्ता दिन र अर्को हप्ता रात पर्न थाल्यो भने के गर्नुहुन्छ ?
दिनमा गर्नुपर्ने कामहरू पहिलो हप्ता गर्छु अनि रातमा गर्नुपर्ने कामहरू अर्को हप्ता गर्छु ।

भगवान् शिवले दर्शन दिएर वर माग भने भने ?
हजुरकी पार्वती हुन पाउँm भन्छु ।

साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्छ ?
महेश प्रधानलाई केटाको तस्बिर खिच्न लगाउनुपर्छ ।

विवाहित पुरुषलाई कसरी चिन्ने ?
रिंग फिंगरमा रिंग छ कि छैन हेरेर ।

प्रधानमन्त्री सुशील कोइरालाले बिहे गर्छु भनेर मरिहत्ते गरे भने ?
जोडी सुहाउने आन्टी खोजिदिन्थें ।

फेरि १६ को वर्षको हुन पाए ?
म त १६ वर्षकै त हो, प्रियंका सधैं १६ की ।

चारतले घरले एकतले घरसँग साट्ने प्रस्ताव राख्यो भने कति थप्नुपर्ला ?
त्यस्तो अवसर त लिइहाल्नुपर्छ । १ तला घर त बेस्ट नै हो, अहिलेको समयमा ।

मानिसले अन्डरवेयर किन लगाउँछ ?
स्टाइल पार्न ।

महिलाको स्तन भएन भने के हुन्छ ?
पुरुष हुन्छ । 

प्रकाशित: भाद्र १३, २०७२



http://saptahik.ekantipur.com/news/2015-08-30/20150830192530.html

Read Full Discussion Thread for this article