Posted by: magorkhe1 August 26, 2015
आधा कप चिया
Login in to Rate this Post:     0       ?        
एक दिन स्कूल बिदा भएको बेला खेति तिर लागे : खेति मै प्राइमरी स्कूल गएको हुनाले गाउ रमाइलो लाग्थ्यो अनि दुध दहि महि संगै कुखुरा र ताजा कोदोको जाड खान रमाइलो हुन्थ्यो | सहर देखि गाउ जादा एउटा चिया पसलमा अतिनै मिठो चिया बेच्थे अनि एक कप चिया नपिई बाटो काट्नु मेरो बसको काम थिएन | म एक कप चिया लिएर एउटा कुनामा बसेर पिउदै थिए : मेरा बाका काका ( यिनी पनि एक हुन् मेरा बालाई जग्गा मिलाई दिन्छु भनि कम्तिया बनाएर राख्ने ) पर्ने पसलेलाई आधा कप चिया मागेको सुने | मन मनै गुने कस्ता मानिस हुन् आधा कप चिया माग्छन ? ठुली गरिदिए अनि भाला कुसारी पछि हामि आफ्नो गन्तब्य स्थान तिर लाग्यो | अचानक यो कुरा मेरो दिमाग मा उब्जियो |
चिनी बिनाको चियाको के स्वाद र ? मैले चिनी बिनाको चिया देउ भनको सुनिन |
आज आफुले भोगे पछि त्यो प्रसं खुलासा भयो | उनलाई मधुमेह रोग रहेछ अनि मिठो चिनी सहितको मिठो चिया पिउनलाई आधा कप मगाएका रहेछन | तेती खेर स्याक्रिन नाम ले चिनिन्थ्यो : तेती प्रयोगमा आएको थिएन होला | It was for Health reason and I am also following the same path.
Last edited: 26-Aug-15 11:51 AM
Read Full Discussion Thread for this article