Posted by: thukka August 25, 2015
Kailali on Firee...
Login in to Rate this Post:     0       ?        
This is how it happened:

गृहमन्त्रीले भारतीय राजदूतलाई बोलाएर भने 'सिमापारीबाट घुसपैठ नहोस्'
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रनजीत रेलाई ध्यानाकर्षण गराएका छन्।
मंगलबार गृहमन्त्रालयमा पुगेका राजदूत रेलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने बताएका थिए। गृहका अधिकारीहरुसहित भएको भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।
कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसद्मा जानकारी दिँदै गृहमन्त्री गौतमले सीमाक्षेत्रबाट आन्दोलनकारीको घुसपैठ भएको सङ्केत गरेका थिए ।
आजको भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिँदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताए।
यसैबीच राजदूत रेले यस सम्वन्धमा बिज्ञप्ति जारी गर्दै भारतीय दूतावासले यस्ता प्रमाणित नगरिएका अभिव्यक्तिले दुई देश विचको सुमधुर सम्वन्धलाई गलत ढंगले बुझाउने र वास्तविकता बंग्याउन मद्दत गर्ने बताएको छl दूतावासले हालका दिनमा भारत र नेपाल सीमामा अस्वाभाविक रुपले ठूलो संख्यामा मानिसको आवतजावत नभएको बताएको छl
विज्ञप्तिका अनुसार नेपाल र भारतीय अधिकारीले निरन्तर सीमा अनुगमन गर्ने गरेको बताएका छन् l
प्रकाशित मिति: मंगलबार, भाद्र ८, २०७२ १७:५५:२२
setopati.com
Read Full Discussion Thread for this article