Posted by: ThahaChaena August 24, 2015
त्यो के थियो?
Login in to Rate this Post:     0       ?        
खुस्केटीय कथामा सबै निथ्रुक्क भिजेका रहेछन तेसैले त कोइ यस्तो भयो होला कोइ तेस्तो भयो होला भनेर अड्कल काट्दै छन् .

कथाकारको चातुर्य नै हो कथाका पात्रलाइ जिवन्त प्रस्तुत गर्न सक्नु र पाठकलाइ अन्त्य सम्म पनि एउटा काउकुति लगाएर, एउटा कौतुहल मोडमा छोड्न सक्ने - यसमा हजुरको कथाले सार्थकता पाएको छ . तर अझै पढ्न पाए हुने भन्ने मलाइ नि लागिरहेको छ . खुस्केट एउटा नरिवल जस्तो मान्छे हजुरले प्रस्तुत गरिसेको छ , यो नरिवल भित्रको कोमल भाग र जल कति जलेको छ , कति मिठो छ या कहीं कुहिएको पो छ कि - त्यो पनि सुन्न पाए हुने भन्ने लागेको छ . तर कहिले कहिँ कथा लम्ब्याउन्दा निरस र सम्मोहक क्षमाता गुमाउँदछ . कथाकारले कथा सकियो भनेपछि सकियो नै होला , रमाइलो लाग्यो सदा झैँ हजुरको कथा पढेर .

- थाहा छैन
Read Full Discussion Thread for this article