Posted by: fucheketo August 17, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     3       ?         Liked by
Bhaktey and Serial- I can understand your feeling, I ll keep moving the story(try to be bit faster..)
थाने- धेरै पछि लेखेको ले हतार भएको हुन सक्छ...अरु म्यासेज वक्समा... ;)
अन्य पढीदिनुहुनेहरुलाई धेरै धन्यवाद

कथा यसरी अघी वढ्छ....

केहि डढे जस्तो गन्हायो। मेरो मन पनि डढेको हुनुपर्छ ।तर वाहिर कसरी गनाउन सक्छ मन?

दुध उम्लिएर पोखिएछ। भसक्कै विर्सेछु। अघि भख्खरै त हो ,चिया खाने मन लागेर वाहिर गएर दुध लिएर आएको ! उमालेपछि ध्यान गएनछ। हो उम्लिदै गर्दा ध्यान कम नै पुग्छ। सुधाको पनि त्यहि नै होला ! कति सजिलै पग्लिदिन्छे उ । मोमजस्तै। सुम्पिदिन्छे आफ्नो सर्वस्व कहिले कसलाई त कहिले कसलाई। किन यति सस्ती उ? शायद उ यसलाई आफ्नो स्वतन्त्रता ठान्छे। एउटा लिवरेसन, क्रान्ती भनौँ।मान्छे क्रान्तिकारी हुने रहर मा, आगोका झिल्का उमार्ने चक्करमा आफुलाई डढाउँछ। मेरो सोचाइ मेरो परिधि भित्र मात्रै पनि ठीक हुन सक्छ। म संकिर्ण भएर उसको सोचाइ, उसको लिवरेसन नवुझेको पनि हुन सक्छु।तर मेरो मनमा धेरै प्रश्नहरु कुदिरहे।

चियामा रंग हालेँ। विस्तारै दुधको रंगको हराउँदै गयो। चियाको रंग गाढा हुँदै गयो। भान्छामा खोजेर तेजपत्ता हाँले।स्वादे जिव्रो। के के खान मन लाग्छ। ग्याँस वन्द गरेँ अनि टेवलमा गएर फेरि वसेँ। वन्द डायरी मलाई गिज्याई रह्यो। "तैँले नवुझेकी सुधा, पढिसकुन्जेल वुझी सक्ने छैनस्।"

मैले सुस्तरी डायरी सुम्सुम्याएँ। वाहिरको अघीका सेता वादलका टुक्रा अध्याँरिएछन्। हावा पनि चिसिएछ। पानी पर्छ जस्तो छ।

************** ***************** *************** ************ *************** **********

सुधाको डायरी-११२

केहि छिनको तनाव पछि स्थिति सामान्य वन्यो। साकेत विस्तारै उभिएर झ्याल छेउमा गयो। पर्दा खोल्यो। वाहिर उसले रोपेको "रातकी रानी"को सुवास झ्याल खुले सँगै विस्तारै छिर्यो।उसले आफ्नो चुरोट सल्कायो।

"म पनि पिउँछु !" म उसको नजिकै गएँ।

"कहिले सुनाउँछौ त तिम्रो कथा" निर्वस्त्रै रहेकी मेरो शरिरलाई थोरै सुम्सुम्यायो।

कथा शुरु हुन्छ तिजको दिनवाट

 

शनीवारको दिन हुँदो हो शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई सोध्नुभयो

"के भयो छोरी?"

मैले विस्तारै जवाफ फर्काएँ "वत्ति गयो !!".................................................

उ मेरो कथा सुनिरह्यो । म भन्दै गएँ। अनि मेरो कथामा उ आयो। उ मुसुक्क हाँस्यो। विस्तारै सोध्यो

"तिमीलाई तिम्रो म प्रतिको आकर्षण अस्वभाविक हो जस्तो लाग्दैन ?"

"किन र?"

"मात्र शव्दवाट मात्र सम्वन्ध सम्भव छ र?"

"सम्वन्ध त एक अर्का विच जोड्ने पुल हो। शव्द नै पुल वन्यो भने ?"

"हममम" उसले उत्तर दिएन।

"एउटा कुरा सोधौँ?"

म आफ्नो कथा वाट वाहिर आएँ। मलाई वाहिरको तरुनीको रुन आँटेको तस्विरले अझै दिमाग खाइराखेको छ।

"तिमीले आफ्नो कथा टुंग्याएकी छैनौ!" उसले फेरि चुरोट सल्कायो। एक कश फुकेर मलाई दियो। मैले पनि अर्को कश लगाएँ। उसको ओठको छाप भेटेँ त्यो चुरोटमा । उसको उपस्थिति यति गहिरो र यति वलियो छ कि उ प्रत्येक वस्तुहरुमा आफ्नो छाप छोड्छ।

"म भोली पनि आउन चाहन्छु ! मैले आज कथा अपुरै राख्ने विचार गरेँ। एउटा अरवी राजा आफ्ना रानीहरुलाई विहे गरेकै दिन मार्दो रहेछ। कान्छी रानी कथाको भरमा वाँच्ने विचार गरेर एउटा कथा अपुरै छोडिदिछ।"

"मलाई यो कथा थाहा छ तै पनि सोध्छु, अनि के भयो?"

"अनि उ जोगिइ ,अन्त्यमा त्यहि हो !"

" आफुलाई जोगाउन चाहन्छौ वा वर्वाद हुन चाहन्छौ ? भोली म सँग वाइन छैन ,फ्रान्सको !!!!!"

"मलाई अरु नै नशाले झुम्म वनाएको छ!"

उ हाँस्यो अनि मेरो प्रश्नमा फर्कियो

"तिमी म सँग केहि सोध्दै थियौ !"

"त्यो वाहिरको तस्विरको वारेमा !को हो त्यो केटी?"

एक छिन चुप रह्यो ,झ्याल छेउ गयो। खुलेको पर्दा वाट अर्ध मुस्कान हाँस्दै गरेको चन्द्रमा लाई हेर्यो अनि भन्यो

"तिमी भोलि पनि त आउँदैछौ , यो कथा पनि भोलि लाई नै वाँकि राखौँ !"

****************** ************* ************* *********** *********** **********

चिया टुंगियो। उसको यो अध्याय पनि ।यस पछि डायरीमा एक पाना खाली छ। यो अध्याय नै हुनुपर्छ। कि केहि पछि लेख्छु भनेर छोडेकी हो उसले खाली पाना? उ भविष्य सोच्दिन ! उ आफ्नो जीवन वर्तमानमा नै रमाउँछे। खासै सोच केहि नहोला यो खाली पानामा !

Read Full Discussion Thread for this article