Posted by: rownyc August 10, 2015
sarita giri/madhesi scandal
Login in to Rate this Post:     0       ?        
–प्रमुख चार दलले पर्सा देखि सप्तरीसम्मको सीमाङकन गरेर निमार्ण गर्न खोजेको प्रदेश नम्बर २ लाई उत्तर छिमेकी चीनसँग नजोडेको भन्दै नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले आपत्ति जनाएकी छिन् ।

सोमबार आफनो फेसबुकमा स्टाटस लेख्दै प्रदेश नम्बर २ (सम्भावित मधेस) लाई उत्तरी छिमेकी चीनसँग नजोडेर आर्थिक रुपमा बिभेद गर्न खोजिएकोे आरोप लगाएकी छिन् । सबै प्रदेश चीनसँग जोडिएको तर प्रदेश नम्बर २ मा मात्रै नजोडे पछि उनको आपत्ति प्रकट भएको हो ।

'छ मध्ये चार प्रदेशको पहुँच भारत र चीन दुवै देशको सिमासम्म रहेको छ, लुम्बिनी पर्ने प्रदेशको चीनको सीमासम्मको पहुँच अप्रत्यक्ष रुपमा रहने सबैले बुझेकै छन तर मधेस प्रदेशको रुपमा कोरिएको प्रदेश नम्बर २ को पहुँच चीनको सिमासम्म प्रत्यक्ष रुपमा छैन र अप्रत्यक्ष रुपमा समेत रहने छैन्,' गिरीको भनाइ सार्वजनिक भएको छ ।

यसअघि स्वायत्त मधेस प्रदेशको माग गर्ने नेतृ गिरीले सीमाङकन टुंगिए पछि भने आर्थिक र भौतिक रुपमा समृद्धशाली हुदैँ गएको उत्तरी छिमेकी चीनसम्म मधेसको सम्वन्धमा जोडन आवाश्यक भएको जोड गरेकी हुन । सो अघि उत्तर–दक्षिण सिमाङकन गर्ने प्रयास बिरुद्ध उभिदैँ आएकी नेतृ गिरीले शनिबारबाट भने आफनो फरक धारणा ब्यक्त गरेकी हुन ।

'नेपालको नदेखिने तर केन्द्रको प्रत्यक्ष संरक्षणमा आदिकाल देखि चलिरहेको बैद्य–अबैद्य ब्यापार समानान्तर अर्थतन्त्र नै यहाँको सिमित शासक र ब्यापारी समुदायमा देखिने वैभवको आधार हो,' गिरीले खेलेकी छिन, 'त्यस समानान्तर अर्थतन्त्र र ब्यापार क्षेत्रलाई मधेस प्रदेशका लागि निषेधित गरिएको र मैले यसलाई पनि आर्थिक समृद्धीको कोणवाट ठुलो बिभेदको रुपमा लिएको छु ।'

- See more at: http://nagariknews.com/politics/party-politics/story/43191.html#sthash.TUVff8fd.dpuf
Read Full Discussion Thread for this article