Posted by: crazy_love August 9, 2015
त्यो के थियो?
Login in to Rate this Post:     2       ?         Liked by
भाग-3

घर पुग्नासाथै मैले जाँचको पेपर फेरी दोहोर्याइ तेह्र्याइ हेरे। एक दुइटा बाहेक अरु कुनै उत्तर मिलेको थिएन, खासमा मेरो ६५ नम्बर कसरी आयो भनेर सोचिरहे। पेपर हेर्दा २ नम्बर पनि मुस्किलले आउन सक्थ्यो। म आत्तिए, के यो खुस्केटले बिर्सेंर नम्बर त दिएन। भोली फेरी एकचोटि हेरु भनेर माग्यो भने र ६५ काटेर २ दियो भने। यो ठीक होइन, फेल भएको पेपरमा यती धेरै नम्बर कसरी हुन सक्छ? कि म आँफै सोधु खुस्केटलाई? तर बिभा र जिबनले देख्यो भने बर्बाद हुन्छ। मैले उनिहरुको कती नम्बर आयो सोधिन, तर म फेल भए भनिसके। त्यसैले पनि उनिहरुको अगाडि मैले खुस्केटसँग कुरा गर्नु उचित लागेन। सुटुक्क सोधु क्लासमा सबै जना हुन्छन, मलाई के गरुँ? के गरुँ? भैरह्यो र मैले बिचार गरे। अब यो पेपर कसैलाई देखाउनु हुँदैन। यदी खुस्केटले फेरी माग्यो भने अर्कै कुरा, तर त्यो सम्भव छैन। जे भएपनी मेरो ग्रेड राम्रो बनाउनु छ। यो भन्दा राम्रो नम्बर ल्याउनु छ अर्को चोटि। यस्तै सोच्दै म आधा रातमा सुते त्यो दिन।

भोलिपल्ट कलेज पुग्नासाथै जिबनले बिभाको मुड ठीक छैन भनेर सुनायो। जिबन र बिभा दुबै केही कुरामा छलफल गर्दैथे।

"मेरो त अस्तिको जाँचमा नम्बर नै दिएन खुस्केटले!" बिभाले भनी।

"मलाई त झन ५० मात्रै दियो।" जिबनले भन्यो। मनमनै जिबनको त मेरो भन्दा कम रैछ, उसले झन सबै पढेर लेखेको। मैले लेखेको केही नमिलेको।

"मेरो त्यत्रो कन्फिडेन्ससाथ लेखेको त ७० मात्रै दियो त्यसले।" बिभाको मेरो भन्दा पाँच नम्बर बढी रैछ, मनमनमा जोडघटाऊ गरे। झन छक्क परे म, तर उनिहरुको अगाडि मैले फेल भएको नाटक गर्नु थ्यो। मैले सत्य बोल्नु मेरो र खुस्केट दुबैको लागि खतरनाक भैसकेको थियो।

"जाउ अब!" बिभाले भनी।

क्लास सुरु हुन १५ मिनेट बाँकी थ्यो, म अलमल्ल परे, कहाँ जाने भनेर।

" इन कि आउट?" जिबनले सोध्यो।

"के इन कि आउट?" मैले सोधे।

"प्रिन्सिपलका जाउ।" बिभाले भनी। "खुस्केटले पढाएको मात्र हैन पेपर पनि राम्रो जाँच्दैन भनेर कम्प्लेन गरौ।"

"हँ--?" मेरो लागि त खुस्केटले राम्रै नम्बर दिएको थ्यो, फेललाई पास गरेको थ्यो। मलाई धर्मसंकट पर्यो साथीको साथ दिउ वा खुस्केटको?

"हिजो त खुब कम्प्लेन गर्ने भनेर कुरा गर्दै थियौ, आज किन चुप तिमी ?" जिबनले मलाई सोध्यो।

"म फेल भएको मान्छेले कसरी कम्प्लेन गर्ने भनेर सोचिरहेको। तिमीहरुले त पढेको थ्यौ, दु:ख गरेको थ्यौ, राम्रो जाँच पनि दिएको थ्यौ। त्यसैले तिमीहरुले गएर कम्प्लेन गर्न सुहाउछ। मैले के भनेर कम्प्लेन गर्ने प्रिन्सिपलसँग?" मैले बिस्तारै भने।

"उसको कुरा पनि ठिकै हो।" बिभाले भनी।

"त्यसो भए के गर्ने त?" जिबनले सोध्यो।

"हामी मात्रै जाउ!" बिभाले जिबनलाई बोलाई।

"म पनि आउछु तर म भित्र अफिसभित्र जादिन। मेरो तिमीहरुलाइ नैतीक समर्थन छ नि।"

जिबन, बिभा र म गयौ प्रिन्सिपलका तर प्रिन्सिपल भेट्न सकिएन त्यो दिन। मेरो मनको बोझ आँफै हटेको जस्तो भयो मलाई। बिभा अर्को दिन प्रिन्सिपलका जाने कुरा गर्दै थी।
त्यो दिन खुस्केट क्लासभित्र पस्दा मेरो र उसको आँखा जुध्यो, किन हो किन मैले उसलाई हेरी रहे। उसले निलो र सेतो चेकभएको उज्यालो रङ्को सर्ट लाएको थ्यो। त्यसदिन अरुदिनभन्दा उ फरक देखिएको थ्यो। अनुहार चम्किलो देखिएको थ्यो। उसको रङ रुपमा खासै त्यस्तो ठुलो केही परिवर्तन देखिएको थिएन, तर पनि उसलाई देख्दा यस्तो लाग्यो उसले मलाई राम्ररी चिनेको छ, धेरै पहिलेदेखि नै हाम्रो चिनाजानी छ। शायद यो कलेज शुरु हुनुभन्दा धेरै अघि वा त्यो भन्दा पनि धेरै अघि। अघि बिहान प्रिन्सिपल नभेटेको कुरा सम्झे, मलाई खुशी लाग्यो। म उसलाई देखेर हाँसे, उसले पनि मेरो हाँसोको जवाफ मिठो मुस्कानले दियो र अगाडि गयो। मेरो मनमा धेरै पछी यस्तो घाम लाग्यो, जसको किरणहरुले मेरो अनुहारमा इन्द्रेनी रङ छर्यो।
त्यो दिन मैले याद गरे खुस्केट मलाई हेरिरहेको हुदो रैछ। मैले कतीखेर कस्तो भाब प्रकट गर्छु, त्यो पनि बुझ्दो रैछ शायद। उसले Wuthering Heights को प्रेमप्रसँग बयान गर्दै थ्यो। क्याथी, नायिका धनीकी छोरी एउटा गरीब नोकरसँग प्रेम गर्छे, जुन सफल हुँदैन र प्रेम बियोगान्त हुन्छ। तर क्याथी यती धेरै माया गर्छे नोकरलाई जसको नाम हिथ्क्लिफ हुन्छ। उ भन्छे " म हिथ्क्लिफ हुँ"। त्यस्तो पो प्रेम, त्यस्तो लगाब कसैले पनि गर्न सक्दैन। खुस्केट त्यो प्रेमको बयान गर्दैथ्यो, "जो प्रेममा आफ्नो अस्तित्वलाई बिर्सन्छ, र प्रेमिको सम्पूर्णतामा समर्पित हुन्छ, त्यस्तो प्रेम ईतिहासमा बिरलै पाईन्छ---"
"खोक्यो खुस्केटले ---" बिभाले बिस्तारै भनी।

"हो त। त्यस्तो प्रेम कस्ले गर्छ त?" मैले सुस्तरी भने।

"वाहियात! काम गर्ने नोकर र मालिकको छोरीको प्रेम पनि कहीँ सम्भब छ? नचाहिने कुरा!" बिभाको स्वर अघिभन्दा ठुलो भयो।

" धन हेरेर प्रेम गर्नु, फाईदा बेफाईदा हेरेर प्रेम गर्नु त ब्यापार गरे जस्तै भईहाल्यो नि। प्रेममा मनभन्दा अरुकुराको अर्थ हुँदैन, मन हेर्नु पर्छ।" मैले आफ्नो तर्क राखे।

"धेरै हिन्दी फिलिम हेरेको असर हो यो तिम्रो! मन त अद्रिश्य छ कसरी हेर्न सक्छौ मनलाई?" बिभाले सोधी।

"मनलाई हेर्ने आँखा होइन, मन नै हुनुपर्छ।" मैले पनि उ सँग झुक्न खोजिन।

त्यतिबेला मैले थाहा पाए, खुस्के कतिखेर उसको लेक्चर रोकेर मलाई आँखा तरेर हेरिरहेको थियो। मेरो बिचारमा उसले बिभा र मैले कुरा गरेको देख्यो अथवा सुन्यो थाहा पाइन। तर उ एकछिन सम्म चुप लाग्यो र भन्यो।

"यसो गरौ न। त्यहा निकै महत्वपूर्ण लेक्चर गरिरहेको जस्तो छ। बरु यहाँ अगाडी आएर सबैलाई तपाईंको लेक्चर सुनाउन।"

मैले बिभालाई हेरे, बिभा झ्याल बाहिर हेरिरहेकी थी। मानौ खुस्केटले मलाई मात्र सुनाइरहेको छ। म पनि चुपचाप बसे।

"मिस मेरी! बिन्ती तपाईं आएर यसो के कस्तो छलफल हो सुनाउनुस न!" खुस्केटले मलाई नै सुनाइरहेकोथ्यो।

"वास्तवमा हामी उपन्यासकै कुरा गरिरहेका थ्यौ। सर!" मैले जवाफ दिनै पर्यो।

"अनी?--" खुस्केटलाई धेरै नै रिस उठेको रहेछ।

"प्रेममा मनको भूमिका कती ठुलो छ भन्ने कुरामा मेरो र उसको बिबाद भएको थ्यो।" मैले खुस्केटलाई हेर्दै भने।

"ए-- कती ठुलो रैछ त?" उसले फेरी सोध्यो।

"यती ठुलो---" मैले दुबै हात फैलाएर भने, बल्ल खुस्केट हास्यो, बिभा हासी, अरुहरु हासे।

मलाई यस्तो लाग्थ्यो, खुस्केटले मेरो भाबहरु राम्ररी पढीरहेको हुन्थ्यो। मैले निधार खुम्चाउदा "के बुझेनौ? भनेर सोध्थ्यो। म अलमल्ल परे भने "के भयो?" भनेर सोध्थ्यो। कतिचोटि पढाउदा पढाउदै उ मलाई प्रतक्ष्य हेरिरहेको हुन्थ्यो, म उसलाई हेर्थे अनी अरुतिर हेर्थे।

त्यसपछी उसले चौथो जाँचको कुरा झिक्यो। कुन कुन च्याप्टर कती देखी कतिसम्म पढ्ने भनेर मुख्य मुख्य नोटहरु टिपायो। जब जाँच लिने दिन भन्यो मेरो मनमा फेरी अध्यारो छायो। उसले भनेको दिन र मेरो कामको अन्तरबार्ता एकै दिन परेको थ्यो। त्यो अन्तर्वाता एउटा राम्रो बिदेशी संस्थामा थ्यो। काम पाउनु भनेको मेरो जिबनको दिशा बदलिनु थियो। मेरो लागि यो अन्तरबार्ता जाँच भन्दा ठुलो थियो। ३ चोटि पोस्ट्पन्ड हुँदा हुँदा बल्ल मैले समय मिलाएको थिए। फेरी त्यही दिन खुस्केटले जाँच भन्दियो। हुन त जाँच छोडे पनि हुन्थ्यो, तर फेरी २ वटा बाँकी जाचमा राम्रो नम्बर ल्याउन गार्हो थ्यो। म जाँच पनि नछोड्ने अन्तर्वाता पनि नछोड्ने मनस्थितिमा थिए।
"कसैलाई केही सोध्नु छ?" नयाँ च्याप्टर पढाउनु अघि खुस्केटले सोध्यो।

"के म एउटा अनुरोध गर्न सक्छु?" मैले पछाडिबाट हात उठाउदै भने।

"कस्तो अनुरोध?" खुस्केट बोलीमा उही कठोरता थियो, उ फेरी अर्कै भएको थ्यो।

"के सोमबारको सट्टा अर्को कुनै दिन जाँच सार्न मिल्दैन?" मैले जतिसक्दो बिनम्र हुन खोजे।

"मिल्दैन।" उसले मेरो कारण नसोधी भन्यो।

"त्यो दिन म राम्रो तयारी गर्न सक्दिन जाँचको लागि। " मैले समस्या भन्ने कोशीश गरे।

"अहिले देखी पढ्ने अनी तयारी गर्ने।" उसले रुखो स्वरमा भन्यो।

"म जाँच दिन सक्दिन त्यो दिन!" मैले दिक्क मान्दै भने।

"अहिले लेक्चर पछी कुरा गर त्यसो भए।" मलाई उसले जाँच सोमबारबाट अर्को दिन सार्ला जस्तो लागेन। मैले लेक्चरपछी उसलाई भेटिन। मलाई साच्चै भन्दा उसको क्लासमा बस्नै मन लागेन। तर जबदेखी उसले जाँच सोमबार नै जसरी पनि गर्ने कुरा गर्यो, मैले उसलाई वास्तै गरिन। उसलाई ध्यान दिइन। शायद उसले यो बुझ्यो वा बुझेन, मलाई भने उसलाई बेवास्ता गर्दा रमाइलो लाग्यो। मैले खुस्केटलाई क्लासमा बसे पनि त्यसको मुखै हेरिन २ दिनसम्म।
किन किन मलाई उसले जाँचको दिन सार्छ भन्ने आशा लागिरह्यो मनमा।
साँच्चै तिनदिनपछी उसले आफ्नो निर्णय बद्ल्यो, जाँच सर्ने भयो, सोमबारको सट्टा मंगलबार। किनभने उसको एउटा जरुरी मिटिङ पर्यो सोमबार। बिभा र जिबनले मलाई हेरे, हामी तिनै जना हास्यौ। मेरो अन्तर्वाता छुटेन र जाँच पनि। मलाई बल्ल ढुक्क भयो।

"मिस मेरिको रिस अब गयो कि?" खुस्केटले त्यती भनेको मात्र मैले बुझे, उसले अरु के के भनेर जिस्काउदै थ्यो त्यो दिन मैले बुझिन।

"धन्यबाद सर!" मैले भने।

खुस्केटलाई सबै थाहा थ्यो, म रिसाएको, खुशी भएको, आतिएको, डराएको सबै कुरा बुझ्थ्यो उ मेरो। एक हिसाबले भन्ने हो भने जिबन र बिभाभन्दा नजिक जस्तो थ्यो। साच्चै भन्ने हो भने म आफुभन्दा पनि उ म सँग नजिक भएको जस्तो। कस्तो आफ्नै मान्छे जस्तो!

क्रमश:
Read Full Discussion Thread for this article