Posted by: cybernepali August 5, 2015
जिउदै चौँरीगाईको रगत पिउने मेला सुरु
Login in to Rate this Post:     0       ?        

कस्तो कस्तो मात्र चलन हो हाम्रो देशमा



मुस्ताङ, २० साउन । मुस्ताङको जोमसोम गाविसस्थित नमखु लेकमा चौँरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ ।

स्थानीय किसानको आयोजनामा सुरु भएको मेलामा रगत पिउन मुस्ताङका विभिन्न गाविसबाट सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।

उच्च हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, ग्याष्टिक, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने विश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसान भूपिन शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगतले शारीरिक स्फूर्तिसमेत बढ्छ । “हामीले चौँरीगाईको रगत प्रतिगिलास रु १५० मा बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ”–उहाँले भन्नुभयो ।

किसानहरुले पालेका करिब दुई सय चौँरीगाईबाट रगत निकालिने उनीहरुले जनाएका छन् । एउटा चौँरीगाईबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ । मेला यही साउन २२ गते सकिने छ ।

- Source
Read Full Discussion Thread for this article