Posted by: metta July 19, 2015
Did Latasha commit suicide or was she a victim?
Login in to Rate this Post:     0       ?        

पीडितलाई न्याय दिलाएर दोषिलाई कारबाही गरौं




लतासा मृत्यु प्रकरण

मर्ने रहर कसैलाई हुँदैन। बिनाकारण कुनै पनि व्यक्तिले आत्महत्या गर्दैन। गएको मङ्सिर २० गते सेनाका मेजर बिष्णु कार्कीसँग बिबाह गरेकी २२ वर्षीया लतासाको हत्या\आत्महत्याको खबरले आज देश बिदेश जताततै चर्चा पाएको छ।

लाउलाउ र खाऊँखाँऊ भन्ने उमेरमा राजधानी जस्तो ठाउँमा एक पढेलेखेकी महिलाले घरेलु हिंशाको कारण ज्यान गुमाउनुपरेको छ। काठमाडौं जस्तो ठाउँमा एउटी पढेलेखेकी नारीको यस्तो हालत त यस्तो छ भने गाउँघरका अनपढ महिलाहरूको अवस्था कस्तो होला हामी आफैं अनुमान लगाउन सक्छौं।

कति घरेलु हिंशामा थिचिएका अनि चेपिएका छन् जो समाज, आफन्त र पारिवारिक मर्यादाका कारण पिल्सिन बिवस छन् जसको कुनै आंकलन गर्न नै सकिदैन। धापासीमा असार २३ गते जुन घट्ना घट्यो लतासामाथि।

घटना घट्ने बितिकै कसैले पनि थाहा पाएनन्। घरको छतबाट लतासाले हामफालेर आत्महत्या गरिन् भन्ने भन्ने समाचारहरू ४ दिनपछि मात्र मिडियामा फैलियो। उनको घरपरिबारबाट लतासाको आत्महत्या भनेका छन् भने अर्कोतिर माईतिपक्षबाट आत्महत्या भएको भन्ने समाचारहरु आएका छन्।

यदी लतासाले आफैं आत्महत्या गरेकी भए असार २३ गते नै उक्त घटनाको पर्दाफास किन भएन? यदी घरको छतबाट हाम फालेर उनले आत्महत्या गरेको भए घटना घटेकै दिन मिडियामा नाआएर किन ४ दिनपछि मिडियामा आयो?

किन तुरुन्तै माईती पक्षलाई जानकारी गराईएन? यसमा ठूलो रहस्य लुकेको छ। यसमा निष्पक्ष छानबिन गरेर दोषिलाई कानुनको दायरामा ल्याउनु जरूरी छ।

के पारिवारिक कलहकै कारण लतासाले आत्महत्या गरेकी हुन् त? के उनको हत्या नै गरिएको हो त? आखिर सत्य तथ्य के हो त? घटना घटेको यत्रो दिन बितीसक्दा पनि अझै किन छिनोफानो हुनसकिरहेको छैन? किन यस्ता घटनाले हाम्रो देशमा प्रसय पाएको छ?

लतासाको माईति पक्ष,  सासु, छिमेकी,श्रीमानबाट पत्रपत्रिकामा आएका समाचारहरुमा एकरुपता नदेखिनुमा पनि लतासाको आत्महत्या नभई हत्या नै भएको होकि  भन्ने शंका गर्ने ठाउँ छ।

उनले आत्महत्या नै गरेकी हुन् भनेर कसरी किटान गर्न सकिन्छ? किनकि घटना घटेको २-३ दिनसम्म अज्ञात रहेका छिमेकीहरुले एक्कासी आफ्नै आँखाले लतासा छतबाट खसेकी हुन् भनिरहेका छन्।

यसमा पनि कुनै सत्यता भेटिँदैन। किनकी, उनले छतबाट हामफालेको भए त उतिनै बेला वरपरका छिमेकीहरु एकतृत हुन्थ्ये होलान्। उक्त घटना मिडियामा क्षणभरमै भाईरल हुन्थ्यो होला। टाउको फुटेको भए उक्त ठाउँमा अलि अलि भने पनि रगत देखिन्थ्यो होला।

किन यस्ता घटनाहरू बारबार लुकाइन्छ? अर्को कुरा आफ्नै घरमा घटना घटिसक्दा पनि होसै नपाउने सासुको भनाईबाट पनि केहि कुरा अड्कल काट्न सकिन्छ।

मेरी बुहारी लक्ष्मी जस्तै थिईन ,मलाई असाध्यै माया गर्थिन्,यस्ती बुहारी त भाग्यमानीले मात्रै पाऊछन् भन्ने सासु आमाको बयान एकातिर छ भने सासूलाई जति गरे पनि रिझाउन नसकेको, श्रीमानले शंका गरेको अनि पीडा दिएको समाचारहरू पनि मिडियामा आईरहेका छन्।

यी सबै कुराहरुमा पटक्कै समानता नहुनुले पनि लतासाको आत्महत्या नभई हत्या नै भएको होकि भन्ने आधार पाउन सकिन्छ।

आज साधारण परिवारमा यस्ता घटना घट्ने बितिकै प्रहरीले नियन्त्रण गर्थ्यो। यदि उनले कुनै गल्ती गरेका थिएनन् भने घटना घटेको चारदिनसम्म किन बेपत्ता भए मेजर बिष्णु कार्की?  यसले पनि लतासाको आत्महत्या नभएर हत्या नै भएको हो कि भनेर शंका गर्ने ठाउँ छ।

किन सधै पद र प्रतिष्ठाको आधारमा मात्र न्याय गरिन्छ? हामी सबैले तुरुन्त यस घटनाको सबाल जबाफ पाउनु पर्छ

आफ्नी सासु आमासँग घटनाको बेलिबिस्तार नलगाउनु ,सासु आमाको मुखमा नै नहेर्नु, प्रहरीले किटानी जाहेरी लिन नमान्नु आदि प्रमाणबाट पनि लतासाको आत्महत्या नभई हत्या नै भएको भन्न सकिन्छ

समाज अनि घरपरिवारले के भन्ला भन्ने डर त्रासले पनि महिलामाथि यस्ता घरेलु हिंशा घटिरहेका छन्। यस्ता घटनाबाट बाबु आमाले सम्पत्तिवाल र पतिष्ठा भएका केटा खोज्नुभन्दा घाँटी हेरेर हाड निले झैँ आफ्नो हैसियतसग मेल खाने केटासँग छोराछोरीको विवाह गर्न सके यस्ता हिंशात्मक घटना कम हुँदै जाने थिएकी?                 

यही घटना मेजर बिष्णु कार्कीको दिदि बहिनिमाथि घटेको भए यो आत्महत्या नै हुन्थ्यो होला? अबस्य हुने थिएन। शक्तिको आडमा कहिलेसम्म सोझा जनताको घाटी रेटिने? मेजर होसकी कर्नेल या महारथी जे सुकै होस् अपराधि भए उसलाई न्यायलयको कठघरामा उभ्याउन सक्नुपर्छ।

हामी सबै एकजुट हुदै लतासामाथि घटेको घटनाको सत्य तथ्य पत्ता लगाउँदै पीडितलाई न्याय  दिलाऊ, ​दोषिलाई कारबाही प्रकिया अघि बढाऊ।

Read Full Discussion Thread for this article