Posted by: nepalilaure July 15, 2015
Did Latasha commit suicide or was she a victim?
Login in to Rate this Post:     0       ?        
मलाई चै यो onlinekhabar मा आएको नया समाचार विश्वास लाग्यो:

http://www.onlinekhabar.com/2015/07/299734/



प्रत्यक्षदर्सि येसो भनिछन :

"लतासा छतमा उक्लिँदा सामुन्नेमा रहेको घरमा बस्ने निनी आफ्नो घरको बार्दलीमा भदाहा खेलाइरहेकी थिइन् । आफूले देखेको दृश्य उनले अनलाइनखबरलाई यसरी सुनाइन् :

म बार्दलीमा थिएँ । सीता आन्टी पनि बार्दलीमा नै हुनुहुन्थ्यो । हामी बार्दली-बार्दलीमै गफ गरिरहेका थियौं । एक्कासी छतको अगाडिपट्टि स्लोपमा लतासा भाउजूलाई देखेँ । उहाँ स्लोपमा दुई खुट्टा टेकेर टुक्रुक्क बस्नुभएको थियो । दुबै हातले पनि टेक्नुभएको थियो ।

म ‘लौन के गर्नुभएको ?’ भन्दै चिच्याएँ । लतासा भाउजू अलि आत्तिएझैं गरी पछाडि फर्केर हेर्नुभयो । त्यत्ति नै बेला उहाँको खुट्टाको ब्यालेन्स बिग्रियो । अलि-अलि पानी परेकाले सायद उहाँको खुट्टा चिप्लियो, र ह्रवात्तै तल खस्नुभयो । खस्दाखेरि उहाँ चिच्याएको आवाज आएन । सायद आतेसले गर्दा चिच्याउन सक्नुभएन ।"
Read Full Discussion Thread for this article