Posted by: ujl June 20, 2015
ढोल पिट्नु जरुरि थियो र?
Login in to Rate this Post:     2       ?         Liked by
एसिड आक्रमणमा परि घाइते भएकी सिमा बस्नेत एस.एल.सी. मा फेल भएको कुरा खबर पत्रिकामा छापेर ढोल पिट्नु जरुरि थियो र?

छात्र-छात्राहरू धमाधम आत्महत्या गरि रहेका छन् एस.एल.सी. मा अनुतिर्ण हुँदा. यो एस.एल.सी. भन्ने चिज नै हटाउनु पर्छ जस्तो लागि रहेछ मलाई. जाबो १० कक्षाको पढाइलाई किन येत्रो जात्रा गर्नु पर्यो. किसोर-किसोरिहरूमा व्यर्थको तनाव सिर्जना गरेर समाज प्रगतिको मार्ग तर्फा उन्मुख हुन्छ जस्तो मलाई लाग्दैन.

नेपालको शिक्षा प्रणालीमा परिवर्तनको अत्यावश्यक खाँचो छ जस्तो मलाई लागि रहेछ. यो एस.एल.सी. ले बिध्यार्थीमा व्यर्थको स्पर्धा गर्न सिकाउने र डर सिर्जना गर्ने हुँदा एसको विकल्प खोज्नु अत्यावश्यक भएको मैले महसुस गरेको छु.
Read Full Discussion Thread for this article