Posted by: metta June 9, 2015
बामदेव गौतमलाई खुलापत्र
Login in to Rate this Post:     0       ?        

गृहमन्त्रीलेआफ्नो पार्टीको स्वार्थअनुसार काम नगरेका सीडीओहरूलाई गरे सरुवा

काठमाडौ, जेष्ठ २७ 

गृह मन्त्रालयले ५३ उच्च अधिकारीसहित ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृह मन्त्री वामदेव गौतमले आफ्नो पार्टी एमाले निकट रहेका उच्च अधिकारीलाई महत्वपूर्ण जिल्लामा सीडीओको जिम्मेवारी दिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

गौतमले आफ्नो पार्टीको स्वार्थअनुसार काम नगरेका सीडीओहरूलाई भने मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयमा  थन्क्याएका छन् । गौतमले आफ्नो पार्टीको सिफारिसमा सीडीओ हेरफेर गरेको स्रोतले उल्लेख गरेको छ ।

गृह मन्त्रालयअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भीमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ ।

गृहले प्रेम लुइटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाँचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागरमणि पाठकलाई म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाएको छ ।



http://setopati.com/chapa-bata/29315/
Read Full Discussion Thread for this article