Posted by: cybernepali June 9, 2015
कर्णदास पनि नेपाल फर्कने
Login in to Rate this Post:     0       ?        

karna-das

वासिंगटनडीसी । अभिनेता सरोज खनालले सँधैका लागि नेपाल फर्किने निर्णय गरेपछि गायक कर्णदाशले पनि नेपाल फर्किने बताएका छन् ।


जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका गायक कर्णदासले दश वर्षपछि नेपाल र्फकने निर्णयमा गरेका हुन् ।


अमेरिकाको डीसी महानगरको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने कर्णदास गत जुन ७ मा नायक सरोज खनालको बिदाई समारोहमा उपस्थित थिए ।


कार्यक्रममा गीत प्रस्तुत गर्नु अघि भाबुक मुडमा कुरा राख्दै आफु पनि नेपाल चाडै र्फकने बताए ।


केही समय अघि नेपाल जानको लागि टिकट समेत काटेको प्रसंग सुनाउँदै उनले आफ्ना शुभ चिन्तकको सल्लाहमा टिकट रद्ध समेत गर्नु परेको बताए ।


उनले आफु काम गर्ने कम्पनि मालिकलाई समेत नेपाल जाने जानकारी दिईसकेका छन् । मैले जानकारी गराईसकें । मेरो ठाउँमा अर्को मान्छेले नियुक्ति पाएपछि मैले विदा पाउँछु ।’


‘सरोज खनाल भन्दा म अगाडि जान चाहन्थें । मलाई उहाँले उछिन्नु भो ।’ कर्णदासले भने । 


– विजय थापा


- See more at: http://www.onlinekhabar.com/2015/06/286224/#sthash.5uc3HZuJ.dpuf
Read Full Discussion Thread for this article