Posted by: Rahuldai June 4, 2015
बिस्तारै बिस्तारै...............
Login in to Rate this Post:     6       ?         Liked by
तिमीले भुल्नु भन्यौ, हस, आफैलाई भुल्दैछु बिस्तारै बिस्तारै
अंगालोको भंगालोमा निस्सासिएथें खुल्दैछु बिस्तारै बिस्तारै,

पींधमा थिग्रिएर साह्रै बिग्रिएँ, तिम्रो एकल इजलासको फैसला,
सजायमा जिन्दगीलाई आँशु सितै घोल्दैछु बिस्तारै बिस्तारै,

मैले बोल्दा धेरैलाई पोल्दा हुन् , नबोल्ने कडा उर्दी जारी गर्यौ
उलंघन गर्ने हिम्मत भएन र अचेल सुसेल्दैछु बिस्तारै बिस्तारै,

यो बाटो नजानु त्यो गल्लि न हिड्नु ओहो कस्तो कर्फ्यू यो ?
तिम्रो प्रतिबन्धित मुटुमा, ढुकढुकी बनी डुल्दैछु बिस्तारै बिस्तारै,

छाप्नु छाप्यौ, छ्याप्नु छ्याप्यौ गिलो हिलो मेरो बिरुद्ध
त्यै मायालु हिलो सिलोमा कमल फुल्दैछु बिस्तारै बिस्तारै
Read Full Discussion Thread for this article