Posted by: _____ June 3, 2015
High lead levels found in Maggi noodles, Delhi may ban Maggi
Login in to Rate this Post:     0       ?        

दिल्लीमा म्यागी प्रतिबन्धित, नेपालमा ल्याब परीक्षण हुँदै

  • बुधबार २० जेष्ठ, २०७२
  • सुजन ढुंगाना
  • font size decrease font size increase f
(0 votes)
दिल्लीमा म्यागी प्रतिबन्धित, नेपालमा ल्याब परीक्षण हुँदै
काठमाडौं-भारतको राजधानी नयाँ दिल्लीमा म्यागी नुडल्स विक्री गर्न प्रतिवन्ध लगाइएको छ। १५ दिनको लागि बेचविखनमा रोक लगाइएको दिल्लीका स्वास्थमन्त्री सत्यन्द्र जैनले बताए।

पत्रकार सम्मेलनमा जैनले १५ दिन पछि म्यागीको उत्पादन परीक्षण गरिने र भारतीय खाद्य मानक अनुसार रहे उसमाथी लगाइएको प्रतिवन्ध खुला गरिने बताए। म्यागीको खाद्य जाँचको क्रममा सिसाको मात्र बढी पाइएको थियो। यो भन्दा पहिला केरलबाट म्यागीको स्टक जफत गरिएको थियो।

नेपालमा ल्याब परीक्षण हुँदै

भारतमा अखाद्य पदार्थ भेटिए पछि विवादीत बनेको म्यागी चाउचाउ नेपाली बजारमा पनि पाइने गर्छ। म्यागीमा अखाद्य पदार्थ भेटिएपछि खाद्य तथा गुण नियन्त्रण विभागले त्यस तर्फ चासो देखउँदै परीक्षण थालेको छ। भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा उत्पादित म्यागी चाउचाउको ल्याव परीक्षण भइरहेको खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए। उनका अनुसार परीक्षणको नतिजा दुई दिन भित्र आउने र त्यस पछि गुणस्तरबारे सरकारको आधिकारिक धारणा आउने बताए।
ल्याब परीक्षणमा म्यागी अखाद्य ठहरिएमा विक्री वितरणमा रोक लगाइने बाणिज्य तथा आपुर्ती विभागका निर्देशक हरिनारायण वेलवासेले बताए। भारतमा उत्पादित म्यागी नेपाली बजारमा समेत आउने गर्छ।
Last modified onWednesday, 03 June 2015 18:34
- See more at: http://www.nagariknews.com/main-story/story/39102.html#sthash.JZrTshdE.dpuf
Read Full Discussion Thread for this article