Posted by: kaliya May 28, 2015
ज्यामारा अपार्टमेन्ट कि ‘होराइजन’ ?
Login in to Rate this Post:     0       ?        
हाम्रो देश मा सब जान्नी, अरू लै आरोप लगाउन भन्दा पहिले यो पढ़नी कि बरु? हाम्रो मा सबै हतार मा काम गरेर फुर्सद मा पाछुतौनी बानि छ के

प्रा.डा. प्रेमनाथ मास्के, भूकम्प इन्जिनियरिङ विज्ञ

बारपाकमा केन्द्रविन्दु भएको ७.९ रेक्टर स्केलको भूकम्प आएको हो । त्यो त्यहाँमात्रै लागू हुन्छ, काठमाडौंमा ७.९ आएको होइन । त्यो त्यही ठाउँमा मात्रै लागू हुन्छ, बरु त्यसको असर चाहिँ फरक हुन्छ ।
त्यसको असर काठमाडौंमा भयो । धेरै ठूलो क्षति भयो । १९९० को भूकम्पको इपिसेन्टर पनि खोटाङ अथवा भोजपुरतिर थियो । तर, दुईसय किलोमिटर भन्दा टाढाको काठमाडौंमा त्यसले बिनासै गरिदियो । यसपालिको भूकम्पले पोखरामा त्यति ड्यामेज भएको छैन, तर काठमाडौंमा निकै भयो । पूर्वतिर बढ्ता भयो ।

अहिलेसम्म ९ रेक्टर स्केलसम्म भूकम्प गएको छ । १२ सम्म गयो भने त मान्छे नै उड्छ । हामी इञ्जिनियरहरुलाई जमिन कति हल्लियो भन्ने मतलब छ । हामी त्यसअनुसार डिजाइन गर्छौं । जनमानसले बुझ्नुपर्ने के हो भने कुनै पनि घर भूकम्प प्रतिरोधी हुँदैन । भूकम्प प्रतिरोधी घर बन्ने भए सुनको घर पनि बनाइन्थ्यो होला, तर हामी बनाउँदैनौं । किनभने बनाउन जरुरी नै छैन ।
जस्तो हामी घडीलाई वाटर प्रुफ भन्छौं । तर अहिले घडीलाई वाटर प्रुफ भन्न छाडिएको छ । दुईसय मिडर गहिरो पानीमा जाँदा पनि पानी नपस्ने घडी बनेका छन् । त्यसैले भूकम्प प्रुफ घर हुँदैन । हामीले गर्ने डिजाइन भनेको भूकम्प आउँदा हुने अधिकतम जोखिमलाई न्यूनतम बनाउने हो । त्यसमा हामी के भन्छौं भने मान्छे नमरोस् । धनजनको क्षति न्यूनतम होस् । महाभूकम्प आयो भने हाम्रो जम्मै संरचना कोल्याप्स नहोस् ।
काठमाडौंकै उदाहरण लिने हो भनेदेखि जम्मै ठाउँमा ड्यामेज उस्तै भएको छैन । तपाईहरुले याद गर्नुभएको हो, उस्तै किसिमका घरहरु पनि ड्यामेज फरक छ ।
जस्तो हामीले अहिले गोंगबू, सामाखुशी, धापासी, माछापोखरी, बालाजु बाइपास, कौशलटार आदिलाई हेर्ने हो भने त्यहाँ धेरै ड्यामेजहरु भएका छन् । बानेश्वरका केही भागहरु, असन क्षेत्र इत्यादिमा ड्यामेज भएको छैन । के भएको यस्तो ?
यो बिल्डिङ बनाउने तरिकाले वा नयाँ पुरानो अथवा डिजाइनको किसिमले भएको होइन । पहिलो कुरा त भूकम्पकै इफेक्ट हो । यो माटोको इफेक्ट हो ।
काठमाडौं भ्याली पहिले ताल थियो । ताल सुकेपछि माटो मलिलो भयो र त्यसको गहिराइ बढ्दै गयो । कुनै ठाउँमा मलिलो माटोको गहिराइ ५७२ मिटरसम्म छ । र, यो घट्दै जाँदा २५/३० मिटरमा आउँछ । जस्तो बूढानीलकण्ठतिर यस्तो छ । जतिजति माटो कडा भयो, त्यसमा थर्कने कम हुन्छ । जति गहिरो हुन्छ र मलिलो माटो हुन्छ, त्यसमा थर्कने क्रम बढ्दै जान्छ ।
काठमाडौं भ्यालीको दक्षिणतिर क्षति छैन । जतिखेर यो तालको पानी सुक्यो, त्यसबेलाको अन्तिम ड्रेन जहाँ हुन्छ, त्यहाँ बढ्ता मलिलो माटो जम्मा हुन्छ । त्यसकारण लुभु, भक्तपुर, चापागाउँ यिनीहरुचाँहि सबैभन्दा थर्किने ठाउँहरु हुन् । यो अनुसारले ठाउँ-ठाउँमा फरक छ । त्यसैले गोंगबू, धापासीमा बढ्ता ड्यामेज भयो । यो पाटोलाई हामीले बिर्सन हुँदैन । किनभने पछि हामीले डिजाइन गर्दाखेरि अथवा सेटेलमेन्ट गर्दा र घरहरु बनाउँदाखेरि यी कुराहरु याद गर्नुपर्छ ।
विकासमा धेरै नराम्रो के छ भने १० वर्षे जनयुद्ध भनौं या सुरक्षाका कारणले भनौं, जम्मै मान्छेलाई काठमाडौं आउनुपर्‍या छ, यो स्वाभाविकै कुरा हो । त्यसकारण जहाँ जग्गा पाइन्छ, बस्ने गरेको हो । यहाँहरुले याद गर्नुभएको होला, जस्तो धापासी, कलंकी, सीतापाइला, इमाडोल, धापाखेलमा चारैतिर स्लोप-स्लोपमा बस्ती बसाइएको छ । हामीले एउटा रिसर्च गरेका थियौं, डाटा अनुसार धापासी एरियामा मात्रै जनघनत्व असनको भन्दा बढ्ता छ । हाम्रो लागि त असन सबैभन्दा बढ्ता मान्छे बसेको ठाउँ हो, त्यसले भूकम्प आउँदाखेरि विनास हुने त्यहाँ हो भन्ने थियो । अहिले त्यो भन्दा बढ्ता धापासीमा छ । सीतापाइला र अरु एरियाको पनि यही केस हो ।
बेसिनमा हुँदाखेरिको जुन माटोको असर हो, त्यो भन्दा बढ्ताचाहिँ एजमा असर हुन्छ । यसलाई हामी ‘बेसिन एज इफेक्ट भन्छौं, यसमा रिसर्च गर्न बाँकी छ । बेसिनमा हुने माटाको असर भन्दा बढ्ता सायद एजमा हुन्छ । यो हुन्छ, यसमा हामीले रिसर्च गर्न बाँकी छ । यो गर्नलाई टाइम लाग्छ होला । हामी गर्छौं पनि त्यो । अब हामीले नयाँ बस्ती बसाल्दाखेरि यसमा ध्यान दिनुपर्छ ।
सबैलाई कटू अनुभव हुन्छ होला । घर बनाउन नगरपालिकामा स्वीकृति लिँदा वा हाम्रै इञ्जिनियर साथीहरुले लामो प्रक्रिया अपनाउँदा धेरै दुख हुन्छ । तर, त्यो सहेर पनि घर बनाउँदा ठीक भइदिए त ठीकै हो, अब यहाँ मान्छेले विश्वास गर्न छाडिसके । यहाँ जम्मै कन्ट्रोल गर्ने, घर बनाएको ठीक छ कि छैन भनेर जम्मै चेक गर्नुपर्ने नगरपालिकाले हो । अझ नगर विकास भनौं । अथवा गाउँ समिति होला । तर, त्यहाँ क्षमतै पुग्दैन ।
५ तले भवन संहिता, २२ तले भवन !
माननीय सभासद ज्यूहरुलाई थाहा होला, हामीकहाँ भवन संहिता चाहिन्छ भनेर सुरु भएको सन् १९९० सालदेखि हो । म सुरुदेखि त्यसमा सहभागी भएको हो । हामीले सबैभन्दा पहिले भौतिक निर्माण तथा यातायात मन्त्रालय अन्तरगत एउटा टास्क फोर्स बनाएका थियौं । म त्यसको सदस्य थिएँ । त्यहाँ हामी ६ जना सदस्यले काम सुरु गरेका हौं । हामीले प्रतिवेदननै नदिई त्यसबेलाका भवन विभागका चिफ इञ्जिनियरले भारतको रिपोर्ट कपी गरेर बुझाउनुभयो ।
त्यसको दुई वर्षपछि आएर काम भयो र अहिले हामीसँग भवन संहिता बन्यो । १९९४ बाट अहिले आएर २०१५ भइसक्यो । त्यो बिल्डिङ कोड बनाएको ४ देखि ५ तलाको लागि हो । हामीकहाँ कानून के छ भने कुनै पनि घर बनाउँदा यो भवन संहिताअनुसार बनाउनुपर्छ । हामीकहाँ २२ तला, २८ तला बनाउन थालिसके । ५ तलाका लागि बनाएको भवन संहिता अनुसार २८ तलाको भवन बनाउन हुन्छ ? हामीले यसको के जवाफ दिने ? अहिले यस्तै भइराखेको छ । त्यसैले अहिले हामीलाई चाहिने महत्वपूर्ण कुरा भनेको भवन संहिता हो । अरु देशहरुमा भवन संहिता सामान्यतः तीन वर्षमा परिवर्तन हुन्छ ।
अहिलेको भूकम्पले हामीलाई धेरै कुरा सिकाइदिएको छ । १९९५ को भूकम्पले संसारभरको बिल्डिङ कोड परिवर्तन गराएको थियो । हाम्रो वरिपरि धेरै भूकम्प गइसक्यो । २००५ काठमाडौं भूकम्प, २००१ भूज (गुजरात) भूकम्प, भर्खरै गएको चाइनिज भूइँचालो, चारैतिर जाने भूकम्प अहिले हामीकहाँ गएको छ । भोलि के हुन्छ, हुन्छ, हामीलाई थाहा छैन । त्यसैले हामीले यी कुराहरुबाट सिक्नुपर्‍यो ।
अपार्टमेन्ट काम लाग्दैन भन्नेलाई चड्कन हान्नुपर्छ
अहिले धेरैले भन्न सक्दैन, तर मनमा लागिरहेको छ । यी अग्ला अपार्टमेन्टहरु अब हाम्रोमा काम लाग्दैनन् भन्ने इञ्जिनियरहरुलाई गालामा चड्कन दिनुपर्छ । यसलाई ठीक तरिकाले डिजाइन गर्नुपर्‍यो, ठीक ठाउँमा राख्नुपर्‍यो । ११ तलाको लाइसेन्स लिने अनि १४ तलाको बनाएपछि त यस्तै हुन्छ नि । अहिले त्यही भइराखेको छ । स्ट्रक्चर ठीक छ । ढल्केको पनि छैन, कोल्याप्स भएको पनि छैन । तर, पार्टेसन वालहरु खसेको छ । पार्टेसनमात्रै खस्ता धेरै क्षति नहोला, तर हरेक ईंटाले मान्छे मार्न सक्छ । जस्तो कि होराइजन अपार्टमेन्टमा मारिदियो । मैले हेरेको छु, त्यो ठाउँमा एउटामात्रै ईंटा खसेको छ, एकजना लेडिज दिवंगत हुनुभो । त्यसकारण निर्माण भन्दा अगाडि डिजाइनकै बेलामा ध्यान दिनुपर्छ ।
जहाँसम्म जोडिएका घरहरुको कुरा छ, प्रत्येक घरमा आ-आफ्नै भाइब्रेसन हुन्छ । एउटै घरमा त यस्तो हुन्छ भने न्युरोडमा ८/९ तले घरको वीचमा रहेको ३/४ तले घरको स्थिति के होला ? धन्न मैले सोचेको जस्तो भएन । राम्रै भयो । मेरो सोचाइ गलत होस् । न्युरोडका घरहरु भत्केनन् । तर, मान्छेहरुमा यस्तै जोडिएको बनाउनुपर्छ भनेर म्यासेज गएको छ, त्यो गलत हो । शायद न्यूरोडको माटोको कारणले त्यो बच्यो, अरु ठाउँमा भए जान्थ्यो ।
त्यस्तै धापासीनेर मोर्गन इन्टरनेशनल कलेज मैले देखें । त्यसको डिफेक्ट शायद डिजाइनमै हो । जनताको ज्यान प्यारो छ, एउटा इञ्जिनियर रिसाउँछ भने पनि रिसाओस् । त्यो डिजाइनै गलत छ । त्यस्तो त गर्नुहुँदैन नि । अब जनताले पनि बुझ्नुपर्‍यो । बहालमा बस्न दिने भनेरमात्रै सोच्नु भएन ।
बिस्कुटजस्तो ईंटा बनाउने भट्टा बन्द गरौं
तपाई माननीय सभासदहरुले गर्न सक्नुहुन्छ । यो निर्माण व्यवसायमा क्वालिटी कन्ट्रोल । अहिले ईंटाको साइज हेर्ने हो भने प्लेटजस्तो भएको छ, त्यसको शक्ति हेर्ने हो भने बिस्कुटजस्तो भएको छ । हामीसँग यस्तो गुणस्तर छ । उसले के भन्छ भने गुणस्तरको छाप लागेको छ भन्छ । नेपालमा गुणस्तरले निकालेको पहिलो स्टाण्डर्ड नै ईंटामै हो । त्यसको एउटा सदस्य म पनि थिएँ । त्यसबेला एउटा ईंटाको स्ट्रेन्थ १.५० किलोग्राम हुनुपर्ने उल्लेख छ ।
सभासद महोदयहरुलाई मेरो कोटी कोटी बिन्ती छ, कृपया यसलाई रोक्नोस् । भएको नियम अनुसािर नगर्ने हो भने ईंटा भट्टा बन्द गराउनोस् । धेरैको ज्यान बच्छ ।
अर्को हो सिमेन्ट । हामीले उदयपुर सिमेन्ट लोप भएको देख्छौं । हेटौंडा सिमेन्ट लोप भएको देख्छौं । उदयपुर सिमेन्ट लोप भएको देख्छौं । त्यहाँबाट धेरै राम्रो सिमेन्ट निस्कन्थ्यो । अहिले नयाँ मारुती भनेर म बदख्वाइँ नगरौं, अहिले नानाथरिका सय भन्दा बढ्ता ब्राण्डको सिमेन्ट पाइन्छ । भैरहवा, वीरगञ्ज, सिमरातिर गयो भने हरेक घरमा सिमेन्ट फ्याक्ट्री छन् । लो क्वालिटीको काम नलाग्ने इण्डियाबाट आउँछ, त्यसलाई बोर्डरबाट भित्र्याएर बेचिन्छ ।
मलाई थाहा छैन, मोर्गन इन्टरनेशनल कलेजमा कुन सिमेन्ट प्रयोग गरिएको थियो । त्यसैले भवन संहिता, निर्माण सामाग्री, डिजाइन चेक गर्ने, लाइसेन्स दिने निकायहरुमा, नगरपालिकाले ध्यान दिन जरुरी छ ।
(भूकम्प इन्जिनियरिङ विज्ञ मास्केद्वारा राजधानीमा आयोजित सोच नेपालको कार्यक्रममा प्रस्तुत विचारको अंश)
- See more at: http://www.onlinekhabar.com/2015/05/277710/#sthash.Sttuey1y.Djp8ksvN.dpuf
Read Full Discussion Thread for this article