Posted by: metta May 28, 2015
ज्यामारा अपार्टमेन्ट कि ‘होराइजन’ ?
Login in to Rate this Post:     0       ?        
टोखा नगरपालिकामा पर्ने धापासीको ‘पार्क भ्यू होराइजन’ लाई सबभन्दा महँगो अपार्टमेन्ट मानिन्थ्यो। निर्माता कम्पनी बरुण डेभलपर्स प्रालिले यसलाई भूकम्प प्रतिरोधात्मक भनेको थियो। त्यही कारण पनि यहाँका २१३ मध्ये १४३ फ्ल्याट रु.८५ लाखदेखि रु.३ करोडसम्ममा बिक्री भइसकेका थिए। ७५ भन्दा बढी परिवार यहाँ बसिसकेका थिए। बसोबास गर्नेमा विदेशी कूटनीतिज्ञदेखि विभिन्न ‘हाइप्रोफाइल’ सम्म थिए। १२ वैशाखको भूकम्पमा धेरै परिवार अपार्टमेन्टभित्रै थिए। भुईंतलाबाट भाग्ने क्रममा माथिबाट खसेको ईंटाले लागेर एक महिलाको मृत्यु भयो। कम्पनले अपार्टमेन्ट पूरै चर्कियो। शहरी विकास तथा भवन निर्माण विभागले यसलाई बस्न नमिल्ने ‘रेड स्टीकर’ दिएको छ। मानवीय क्षति नभएको भनिएको यो अपार्टमेन्ट सामूहिक चिहान बन्नबाट धन्न जोगिएको रहेछ। यसको प्राविधिक पक्ष हेर्दा रोचक विवरणहरू फेला परेका छन्। १६ वैशाख २०६४ मा काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको कार्यालयको तर्फबाट तत्कालीन नगर नियोजक भाइकाजी तिवारीले हस्ताक्षर गरेर ११ तले अपार्टमेन्ट निर्माण गर्न ‘प्लानिङ परमिट’ दिइएको रहेछ। त्यसैको आधारमा शहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण स्वीकृति लिएको बरुण डेभलपर्सले धापासी गाविसबाट नक्शापास गरी काम थाल्यो। २२ रोपनी ७ आना जग्गामा १८५ फ्ल्याटको अपार्टमेन्ट बनाउने स्वीकृत लिएर जग र फाउण्डेशन बनाउन थालेको डेभलपर्सले थप पाँच रोपनी जग्गा लिएर २५ फागुन २०६६ मा २८ फ्ल्याट थप्ने गरी नयाँ ‘प्लानिङ पर्मिट’ का लागि समितिमा निवेदन दिएको देखिन्छ। समितिले २४ जेठ २०६८ मा उसलाई ‘संशोधित प्लानिङ पर्मिट’ दियो, जसमा तिवारीले नै हस्ताक्षर गरेका छन्। नयाँ पर्मिट अनुसार डेभलपर्सले शहरी विकास तथा भवन विभागबाट बेसमेन्ट सहित १४ देखि १८ तलासम्म निर्माण गर्ने स्वीकृति प्राप्त गर्‍यो। १९ पुस २०६९ मा विभागको डिभिजन कार्यालय काठमाडौंले डेभलपर्सलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र नै दियो, जसमा विभागको डिभिजन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख इन्जिनियर शिवहरि शर्माको हस्ताक्षर छ।
b
११ तले भवन १८ तलासम्म लैजान सहजै प्राप्त भएको स्वीकृति अब छानबीनको विषय हुनुपर्ने देखिएको छ। ‘पार्क भ्यू होराइजन’ अपार्टमेन्ट विकास समितिका अध्यक्ष दानबहादुर बुढाथोकी भन्छन्, “घर हैन, धराप बनाइएको रहेछ। हामी त्यो धरापमा पर्नबाट जोगिएछौं।” ११ तलेलाई १८ तलेको अनुमतिः धापासी, काठमाडौंस्थित क्षतिग्रस्त पार्क भ्यू होराइजन अपार्टमेन्ट। बेसमेन्ट सहित १८ तलाको अपार्टमेन्टलाई शहरी विकास तथा भवन निर्माण विभागले दिएको निर्माण सम्पन्न प्रमाणपत्र। काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको कार्यालयले ११ तलाको अपार्टमेन्ट बनाउन दिएको ‘प्लानिङ पर्मिट’ (तल)। दुई वर्षपछि यसलाई बदलेर १८ तलासम्म बनाउने अनुमति दिइयो।http://www.himalkhabar.com/?p=102964
Read Full Discussion Thread for this article