Posted by: vowels2006 May 25, 2015
Login in to Rate this Post:
0
?
not always true, have a look..........
अबैध लागू औषध स्म्याकसहित भारतमा नेपाली युवती पक्राउ
आरपी सुवेदी
११ जेठ, नेपालगञ्ज । अबैध लागू औषध स्म्याकसहित एक नेपाली युवतीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।
३४ ग्राम अबैध लागू औषध स्म्याकसहित दाग घर भएकी २६ वर्षीया मिना वली पक्राउ वरेका हुन् । एसएसबी सातौं बाहीनी रुपैडिहा पोष्टका प्रहरी निरीक्षक विजय कुमारले स्म्याकसहित पक्राउ परेकी वली भरिया भएको प्रारम्भीक अनुसन्धानमा पाइएको बताए ।
मिनाले आफुलाई सामान ल्याई दिएवापत २ हजार ज्याला पनि दिने भनेको बयान दिएकी छन् । ‘दाङ्गकै निरु भन्ने महिलाले मिनालाई ५० हजार रुपैयाँ दिएर पठाएको र ४८ हजार रुपैडिहा बस स्टेशन सामान दिन आउनेलाई दिएर ३४ ग्राम स्म्याक बुझेर ल्याउन लाएको भएपनि हतारमा सामान दिनेले पुरै पैसा छिनेर भागेको पाइएको छ’-उनले भने ।
एसएसबी नियन्त्रणमा रहेकी मिनाका साथबाट ८ हजार ६ सय ८२ रुपैयाँ नेपाली, १ सय भारतीय रुपैयाँ र एक थान मोवाइल बरामद भएको छ ।
बरामद भएको स्म्याकको अन्तराष्ट्रिय बजारमा करिव ६ लाख ८० हजार भारतीय रुपैयाँ हुन सक्ने अनुमान गरिएको छ । एसएसबीलाई सुराकीले रुपैडिहा प्राईभेट बसपार्कमा लागू औषधको कारोवार हुँदै गरेको जानकारी दिएको आधारमा परिचालित टिमले मिनालाई नियन्त्रणमा लिएको थियो ।
बरामद स्म्याकसहित मिनालाई रुपैडिहा थानामा बुझाइएको एसएसबीले जनाएको छ ।
source: http://www.onlinekhabar.com/2015/05/281321/