Posted by: Rajesh BP May 24, 2015
Why so many Nepalis have their lastname "SHRESTHA" ?
Login in to Rate this Post:     0       ?        
DHOTI भैया तिमीले सबै नेवार समुदाय लाई होच्याउने प्रबृतिले "ज्यापु" भन्नु र त्यो sterotypical accent मा बोल्नु ले केबल तिम्रो अज्ञानाता र अशक्षमता लाई मात्र प्रस्ट पार्दछ। जाउ बरु १० कक्षा पास गरी आउ र साथ मा नेवार सभ्यता को बारेमा केहि सिकेर आउ। तिमीलाई के यो थाहा छ कि नेपालको शाशण गर्ने (जो पछी गएर त्यही नेवार समुदाय मा समाबेश भए) सम्पुर्ण राजकुल - गोपाली, लिचवी, वर्धन, मल्ल हरु - मधेसी नै हुन। मधेश कै मिश्र झा ओझा तृपाठी इत्यादी ब्राह्मण लाई उच्च दर्जा दिई अहिलेको नेवार पुरोहित राजोपाध्याय बनाईयो र राजपुत, कायस्थ, चौहान, सिंह, रावत, इत्यादी कुलहरुलाई पनि समाजमा श्रेष्ठतम दर्जा दिईयो। तर अहिले आएर मधेसीहरुकै दाजु-भाई दिदी-बहिनी काठमाडौंका नेवार सन्ततीहरु प्रती देखाईने क्रोध र C.K. Raut जस्ता कुपुत हरुकै संगत र भावले हेर्ने र व्यवहार गर्ने भएकाले नै होला नेवारहरुमा एउटा उखान नै छ - मनु मखु मर्स्या ख:, यानी मान्छे होईन मर्स्या/मधिसे हो। सबै नेवार लाई ज्यापु भन्नु गन्धर्भ, बिश्वकर्मा, छेत्री, ठकुरि, आदी पहाडे-खस समुदाय लाई पनि केबल 'बाहुन' भन्नु हो, वा मधेशकै ब्राह्मण, कायस्थ, राजपुत लाई चन्डाल र डोम कै सँज्ञा दिनु हो। चन्डाल र डोम को सँज्ञा दिनु गलत हो भनेको होईन, तर के यसले समाजिक सत्य तथ्य पेश गर्छ, के यसले उनिहरुको इतिहास को यथार्थ लाई चितृत गर्छ ?

'ज्यापु' शब्द कुनै नराम्रो अर्थ होईन है फेरि, तर ज्यापु समुदाय (महर्जन, डंगोल, सुवाल, सिंह, प्रजापति, इत्यादि) बाहेक बाँकी सम्पुर्ण नेवार समाज र समुदाय लाई पनि निच र होच्याउने प्रबृती मा भनिने बेला चाहिँ 'ज्यापु' भन्नु केवल racist stereotype हो।
Read Full Discussion Thread for this article