Posted by: metta May 22, 2015
बामदेव गौतमलाई खुलापत्र
Login in to Rate this Post:     0       ?        
Can we trust Bamdev Gautam to lead the nation? I think Sushil, Bam or maoists or Kamal Thapa will only work for their own interest.

This was published on April 10 (before earthquake).

बामदेव गौतमलाई खुलापत्र

श्री बामदेव गौतम,
उपप्रधान तथा गृहमन्त्री नेपाल सरकार ।

गृहमन्त्री गौतम ज्यू, तपाईले ९ बैशाखमा संसदको सार्वजनिक लेखा समितिमा गएर दिनुभएको जवाफ समाचार मार्फत सुनेपछि तपाईको नाममा केही नलेखि चित्तै बुझेन । खासगरी तपाईंले नेपालीहरुलाई अंग्रेजी नजान्ने, प्रविधि नजान्ने, सवैभन्दा धेरै भ्रष्ट, अर्राष्ट्रि«य र स्वाठको रुपमा गर्नुभएको चित्रणले मेरो आँङ सिरिंग भयो । देशको उपप्रधान तथा गृहमन्त्री मात्र होइन, एउटा कार्यवहाक प्रधानमन्त्रीले किन आफ्नै देशका जनतालाई भ्रष्ट, अर्राष्ट्रि«य र स्वाठ भनेर गौरव गर्दैछ भन्ने कुरा नबुझेको हुनाले नै पत्र लेख्दै छु ।

भीसा प्रोसेसिङको काम विदेशीलाई दिनुपर्छ भनेर तपाईले धेरैपटक भाषण गरिसक्नु भयो । किनभने तपाईको तर्क अनुसार नेपालीहरु प्रविधि जान्दैनन् । इन्टरनेट चलाउन जान्दैनन् । अंग्रेजी बोल्न सक्दैनन् । यही कारण विदेशीलाई यो काम सुम्पनै पर्छ भन्ने तपाईको तर्क छ । तर, तपाईको तर्क हावादारी छ भनेर कम्यूटरका विज्ञ नेपालीहरुले पत्रकार सम्मेलन गरेर नेपाल र नेपालीको यथार्थ सुनाए र सुनाईरहेका छन् । अंग्रेजीका विज्ञ नेपालीहरु पनि आफ्ना कुरा राख्न बाध्य छन् । यतिहुँदा पनि तपाई आफ्नो मतलवी तर्क दोहो¥याई रहनुभएको छ । अझ तपाईले भन्नुभयो, “यो कामको विरोधगर्नेहरु राष्ट्रघाती हुन् ।” यस्तो संवेदनशील काम विदेशीलाई जिम्मा लगाउँदा सही हुन्न भनेर चिन्ता गर्नेहरुलाई राष्ट्रघाती भनेर तपाईले गरेको गाली आम नेपाली माझ स्मरणिय रहिरहने पक्का छ ।

तपाईका यी सवै प्रदर्शनको पछाडिको कारण, भीसा प्रोसेसिङकोलागी तपाईले तयार गर्नुभएको १ सय ५० करोडको प्रपोजल रहेछ भनेर बुझ्न केही समय लाग्यो । तर नेपाली विज्ञहरुले तपाईको १ सय ५० करोडको प्रपोजलको काम जम्मा १ करोडमा पुरा गर्न सकिन्छ भनेर हिसाव निकालिदिएका छन् । तर पनि तपाई आफूले गर्न चाहेको कामलाई पवित्र भन्न छोड्नु भएको छैन । तपाईको यस्तो अन्धढिप्पी देखेर मेरो शरीरमा लाजका काँडा उम्रेका छन् ।

हे उपप्रधानमन्त्री, तपाईले भन्नु भएछ, “सवैभन्दा धेरै भ्रष्ट नेपालीहरु छन् । ९८–९९ प्रतिसत नेपाली भ्रष्ट छन् ।” तर, कुन नेपाली भ्रष्ट छन् भनेर तपाईले भन्न खोज्नु भएको हो, मैले जति सोच्दा पनि बुझ्न सकिनँ । ५० डिग्री तापक्रम खेपेर खाडीमा काम गर्ने युवाहरु भ्रष्ट छन् ? कि जाजरकोट र कालिकोटमा स्वाईन फूल्लुले आक्रान्त नेपालीलाई भ्रष्ट भन्न खोज्नु भएको हो ? तमाम गाउँमा बस्ने सोझा नेपाली पक्कै भ्रष्ट छैनन् होला ? कर्णालीका जनताले पनि भ्रष्टाचार गरेको सुनिएको छैन । लाखौं बेरोजगारहरुले चाहेर पनि भ्रष्टाचार गर्न सक्दैनन् । हालैमात्र कोरियाजान फारम भर्ने वा विदेसिन खुट्टा उचालेर बसेका लाखौं युवाहरुलाई भ्रष्ट भन्न खोज्नु भएको हो त ? होइन भने कुन नेपालीलाई भ्रष्ट भन्न खोज्नु भएको हो ? अड्कल काट्न सकिएन । तपाईं जस्ता सीमित नेता र पदीय ब्यक्तिहरुले गरेको कामको कलंकीत टीका किन ९९ प्रतिसत नेपालीलाई लगाईदिन खोज्दै हुनुहुन्छ, यो बुझ्न नसकिने आरोप भएको छ ।

तपाईले यस्तो बकबास गरेको सुनेपछि मलाई ०५४ सालमा एमालेले खुलामञ्चवाट तपाईलाई इतिहासकै सवैभन्दा ठूलो भ्रष्ट भनेर घोषणा गरेको स्मरण भयो । आजका मितिसम्म तपाईंले त्यस घोषणाको खण्डन समेत गर्नु भएन । अझ प्रमुख घोषणाकारलाई केही समयअघि सल्लाहकार समेत वनाएर पुरस्कृत गर्नुभयो । आफूमात्र होइन, सम्पूर्ण नेपाली भ्रष्ट छन् भनेर देखाउने तपाईको नियत बुझेर म अवाक छु ।

तपाईको ब्यक्तित्वका वारेमा मैले धेरै अघि सुन्ने, पढ्ने र बुझ्ने मौका पाएको थिएँ । ८ कक्षा पढेर भारतीय सेनामा जागिर खान गएको । ट्रनिङ पुरागर्न नसकेर भागेर आएको । त्यसपछि कतै टेक्ने–समाउने ठाउँ नभएपछि पार्टीमा सदस्यता लिएको र, आजका मितिमा आइपुग्दा ठूलो र शक्तिशाली नेता भएको । तपाईंको नेतागिरी प्रति एमालेका तत्कालिन पार्टी महासचिव मदन भण्डारीको एउटा कहावतको पछिल्लो हरफ संझन्छु, “वामदेव हावी भएभने पार्टी धुलो हुन्छ” भनेको । तर अहिले त तपाईं पार्टीमा मात्र होइन देशैमा हावी हुनु भएको छ । त्यसकारण भगवान पशुपतिनाथले सद्बुद्धि दिउन भनेर कामना गर्नु वाहेक मसँग अर्को उपाय छैन । मलाई यो संझेर उदेख लाग्छ कि पटक–पटक तपाईंलाई नै पार्टीले किन गृहमन्त्री बनाउँछ ? र, यत्तिका पटक गृहमन्त्री हुँदा तपाईले देश र जनताको पक्षमा कतिवटा सिन्को भाँच्नु भयो ? एमालेजनसँग नै यस प्रश्नको जवाफ छैन ।

हे यो देशका शक्तिशाली नेता, तपाईं एउटा सर्वहारा नेतावाट करोडपती बनेको कुरामा मेरो धेरै टाउको दुखाई छैन । सहीदका छोराछोरी पढाउने कोटामा तपाईले आफ्ना छोरालाई पढाउन चीन पठाएको कुरा पनि नेपालीले भुली सके । तपाईको छोरोले हिराको ब्यापार गर्छ, भन्ने समाचारप्रति पनि मलाई चासो छैन । तपाईं हरेक पटक गृहमन्त्री बन्दा प्रहरी सरुवा–बढुवा देखि एयरपोर्टमा मच्चिने मनपरीलाई पनि मैले भारीगरी मनमा राखेको छैन । पटक–पटक सुन काण्डमा तपाईको नाम मुसिदा समेत मैले तपाईलाई केही लेखेको थिईन । तर आज जव तपाईले पौने तीन करोड नेपालीलाई नालायक बनाएर चित्रण गर्ने धृष्टता गर्नु भयो, त्यसपछि केही नलेखी धरै पाईंन । आम नेपालीलाई नालायक वनाउँदा तपाईंलाई के फाईदा हुने हो ? देशलाई के फाईदा हुने हो ? वा तपाईको पार्टीलाई कस्तो फाईदा पुग्ने हो ? कृपया जवाफ दिनु होला । यो निवेदकलाई नभएपनि नेपाली जनताका नाममा जवाफ दिनुहोला । धन्यवाद ।

diwasप्रेषक
दिवस गुरागाईं
नेपाली नागरिक
२०७२।०१।१०
हाल –जि. गोर्खा


http://www.timesofkathmandu.com/2015/04/3704
Read Full Discussion Thread for this article