Posted by: stallon May 19, 2015
एस्तो त छ हाम्रो माग्ने logic
Login in to Rate this Post:     0       ?        
And, here we've to do conference to tell ppl that rumors are rumors. lol आखिर हल्लाई हल्ला को देशमा जे हल्ला पिटी नि भो, तेही देशका हामि न हाउ, अमेरिकामा नि देखाई दि हाल्यो नि जात | 

अमेरिका । अमेरिकाको टेक्सासमा “नेपालमा गएको भूकम्प र त्यसपछि अमेरिकी कानूनमा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाली समाज टेक्सासको आयोजनामा रेग्मी ल ग्रुप मेरिल्यान्डकी अनुभवी  एट्रोनी ल पूजा रेग्मीद्वारा “नेपालमा गएको भूकम्प र त्यसपछि अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” बारे छलफल भएको थियो ।

texasनेपालमा गत अप्रिल २५ मा विनाशकारी भूकम्प गएपछि नेपालीलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस दिने तथा अमेरिकन नागरिक भै सकेको नेपालको भूकम्प पीडितलाई पनि अमेरिकाको भिसा दिने भन्ने समाचार तथा पोष्टहरु सामाजिक संजालमा छापिएपछि सो को तथ्यसत्य कानूनी जानकारीको निमित्त यस कार्यक्रमको आयोजना गरिएको नेपाली समाजका महासचिब विजयराज भट्टराईले बताए ।

कार्यक्रममा हालसम्म लागू नभएको र सो को निमित्त एक लाख व्यक्तिहरुले पिटिसन गर्नुपर्ने कानूनी प्राबधान रहेको जानकारी गराइयो।

साथै अमेरिकन नागरिक भैसकेको नेपालीको भूकम्प पीडित नेपालीलाई पनि अमेरिकाको भिसा दिने कुनै प्राबधान आज सम्म नआएको उनले प्रष्ट पारिन् ।

texas-2 कार्यक्रममा नेपालीहरुसंग प्रत्यक्ष सरोकार रहने अमेरिकी कानूनका धेरै बिषयमा जानकारी गराइएको थियो ।

एनएसटीका प्रोग्राम भीपी तारा भुषालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष डा प्रेम अधिकारीले स्वागत गरेका थिए ।

- See more at: http://www.onlinekhabar.com/2015/05/278874/#sthash.S9jRY7tJ.dpuf

Read Full Discussion Thread for this article