Posted by: nepalilaure May 15, 2015
Bhutani nepali mathi aaris
Login in to Rate this Post:     0       ?        
कसले आरिस गर्यो भुटानी सोल्टी ? मलाई त बरु दया पो लाग्छ , कमसेकम नेपालका शिबिर मा हुदा सम्म त 'भुटानी' भन्ने पहिचान थियो , कुनै दिन तागतले भ्यायो भने आफ्नै जन्म घर फर्किन सकिन्छ भन्ने थियो \ अब त त्यो पनि रहेन \ तिमीहरुको भुटानको बसाई नेपालका पहाडको मध्यम बर्गका मान्छेको भन्दा कम थिएन, मेरो बिचारमा अहिले तेही बसेकाहरु अझै राम्रै संग बसेका छन् \

अमेरिकामा नेपाली मुलका भुटानीको आरिस गर्नु र अहिले TPS मार्फत कागज बनाउन लागि परेकाहरुले TPS को समर्थन नगर्ने हरुलाई 'हाम्रो डाहा' गरे भन्नु उस्तै उस्तै हो \ डाहा र आरिस नै गरे पनि आफ्नो भन्दा अलि राम्रो अवस्थामा भएकाको गरिन्छ होला नि होइन ?

मैले यो भनेर TPS को पुरै बिरोध चै गरेको होइन है , कतिपयको आफ्नै परिवारको मान्छेलाइ दुख परेको होला -तेस्ता लाइ चै कुनै उपायेले सहयोग मिले हुन्थ्यो \ अनि यहाँ कसै कसै ले भने जस्तै " एस्तो दुख परेको बेलामा यहाँ कमाएर नेपाल पठौना पाए पनि सहयोग हुन्थ्यो" भन्ने पनि ठिकै हो ,तर यो कुरो अर्कै हो कि TPS को घोसित उद्देश्य अर्कै रैछ\ त्यो पनि ठिकै छ \ तर यहाँ सोमहरुले डाहा गरेको भन्दा चै अलि उदेक लाग्यो \ यो campaign लाई मैले भने जस्तै humble request को रुपमा गर न बरु 

Last edited: 15-May-15 06:48 PM
Read Full Discussion Thread for this article