Posted by: Sajha Info May 12, 2015
अमेरिकामा बस्ने कागज नभएका नेपालीहरुलाई टि.पी.एस. (TPS - Temporary Protected Status) ले कसरि असर गर्छ? अनि नेपाल जान मिल्छ कि मिल्दैन?
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिकामा बस्ने कागज नभएका नेपालीहरुलाई टि.पी.एस. (TPS - Temporary Protected Status) ले के कस्तो असर गर्छ? अनि नेपाल जान मिल्छ कि मिल्दैन? 
 अप्रिल २५मा गएको भूकम्पले निक्कै धनजनको क्षेती भएको छ | यसको तत्पश्चात धेरैले TPS को बारे टिप्पणी गरेका छन् | धेरैजस्तो कुराहरु गुगलबाट छिट्टै बुझ्न सकिन्छ तैपनि यस TPS का बारे नेपाली समुदायहरुमा बेग्ला बेग्लै हल्लाहरु ब्यापक भएकोले साझा डट कमबाट यसको बारे नेपालीहरुलाई कसरि असर हुने बारेमा निम्न बुंदाहरु प्रस्तुत गरिएको छ | 

 TPS भनेको के हो? 
TPS को अर्थ Temporary Protected Status हो अर्थात् "अस्थाई सम्रक्षनको अवस्था" | सन् १९९० देखि नै अमेरिकाले यस किसिमको सुबिधा सुरु गरेको हो | आफ्नो देशमा फर्कदा धेरै दुख कस्ट अनि मृत्यु सहनु पर्ने विदेशीहरुको भलोको लागि अमेरिकाले यस नियेम लागु गरेको हो | प्राकृतिक प्रकोप, भुकम्प, बाढी, महामारी, सशस्त्र द्वन्द, अनि अरु त्येस्तै बिशेष परिवेश जसले गर्दा आफ्नो देशमा फर्कदा देशबासीले ठुलो खतरा र संकटको सामना गर्नु पर्ने हुन्छ - त्येस्ता देशका आगन्तुकहरुलाई अमेरिकाले TPS को सुरक्षा दिदै आइराखेको छ | सन् १९९० देखि अहिलेसम्म यस नियममा धेरै संशोधन भैसके तर नेपालीहरुले बुझ्नु पर्ने मुख्य तीनवटा बुंदा तल पढ्नुहोस | 

 १. नेपाललाइ TPS प्रदान गरिएको खण्डमा कागज नभएका नेपालीहरुलाई कसरि असर गर्छ? 
नेपाललाई TPS को सुबिधा दिईयो भने, कागज नभएका नेपालीहरु सबैलाई काम गर्न मिल्ने गरि काम गर्ने अनुमति पत्र (work permit) दिईन्छ | त्यसपछि जहा पनि काम गर्न मिल्छ अनि त्येस्पछी कामको स्पोन्सर पाइएमा पछि ग्रीन कार्डको दरखास्त पनि गर्न मिल्छ | अथवा कुनै अमेरिकी नागरिकसंग बिहे गरेर पनि ग्रीन कार्ड पाउन सकिन्छ | तर ध्यान राख्नु पर्ने बिषय के छ भने यस TPS सुबिधा १८ महिनाको लागि मात्र लागु हुन्छ - त्येस्पछी फेरी फेरी प्रत्येक १८ महिनामा नबिकरण गर्नु पर्ने हुन्छ | TPS को इतिहास हेर्ने हो भने अहिले सम्म TPS पाएको मुलुकका मान्छे हरुले धेरै जस्तो नबिकरण गर्दै आउन पाएका छन् | त्येसैले एकचोटी TPS पाइयो भने अमेरिकाको कानुनि बासिन्दा बन्ने धेरै अवसर हुन्छ | 

२. TPS प्रदान गरेपछि नेपाल जान पाईन्छ कि पाईदैन? 
मुल:त TPS प्रदान गर्ने भनेकै आफ्नो देश जान नपरोश भनेर हो | त्येसैले TPS को अवस्थामा आफ्नो देश फर्किनु जोखिम हुन्छ अनि अमेरिका फर्किदा तपाइंलाई धेरै गारो हुने सम्भावना धेरै छ | अमेरिकाबाट बाहिर अरु देश जाने नै हो भने अदभान्स्द परोल (Advanced Parole) लिएर जानु पर्ने हुन्छ | TPS भैसकेपछि माथि भनेको झैं ग्रीन कार्ड लिएपछि सजिलैसंग जान मिल्छ | 

३. यस्तो अवस्थामा नेपालीहरुको लागि TPS फाइदाजनक कुरा हो | अहिलेसम्म अमेरिकी प्रशासनले नेपाललाई TPS प्रदान गरेको छैन | यसको लागि व्हाइट हाउसको वेबसाइतमा धेरैले औपचारिक निवेदन (Petition) गरेका छन् | उक्त औपचारिक निवेदन गर्नेको संख्या अहिले  8,439 पुगेको छ | प्राय जसो १००,००० निवेदक पुगे पछि व्हाइट हाउसबाट केहि टिप्पणी अथवा कानुन संसोधन गर्ने गरिन्छ | तलको साइतमा गएर तपाइंले आफ्नो नाम, इ-मेल र जिप कोड राख्नुस अनि तपाइको इ-मेलमा प्रमाण स्वरुप एउटा इ-मेल आउछ - जुन इ-मेलमा भएको लिंक क्लिक गर्नु भएपछि तपाइको औपचारिक निवेदन सक्रिय हुन्छ |

 लिंक: https://petitions.whitehouse.gov/petition/designate-nepal-temporary-protected-status-tps-save-peoples-lives-devastating-earthquake

जानकारी मुलक वेबसाइतहरु: 
http://www.nolo.com/legal-encyclopedia/frequently-asked-questions-about-temporary-protected-status-tps.html 
http://blogs.findlaw.com/sixth_circuit/2013/06/illegal-immigrants-with-tps-can-get-green-cards-6th-circuit.html 
http://en.wikipedia.org/wiki/Temporary_protected_status


Please Share in Facebook so more people know about it.
Read Full Discussion Thread for this article