Posted by: controversial May 12, 2015
EARTHQAUKE AGAIN RE 7.4
Login in to Rate this Post:     0       ?        
casualties more :(

२९ वैशाख, काठमाडौं । मंगलबार दिउँसो गएको भूकम्पले काठमाडौंमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार ३०१ जना घाइते भएका छन् ।

घाइतेहरुलाई वीरसहितका अस्पतालमा पुर्‍याइएको छ । थप विवरण आउन बाँकी छ । मंगलबार दिउँसो ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।



दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो ।

सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४ रेक्टर स्केलको भनेको छ । तर, राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.८ रेक्टर स्कोरको भएको बताएको छ ।
-
Read Full Discussion Thread for this article