Posted by: metta May 9, 2015
प्रधानसम्पादक घिमिरेलाई भारतीय राजदूतावासको धम्की
Login in to Rate this Post:     0       ?        
प्रधानसम्पादक घिमिरेलाई दिइएको धम्कीको महासंघबाट भर्त्सना
२०७२ बैशाख २६ शनिबार

फोटो :अन्‍नपूर्ण
काठमाडौं : वरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित दिएको धम्कीको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।

महासंघले प्रधान सम्पादक घिमिरेलार्इ बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्‍नपूर्ण पोस्ट्मा प्रकाशित समाचारबारे आपत्ति जनार्इ 'पीत पत्रकारिता' गरेको आरोप लगाउँदै धम्काएको जनाएको छ ।

'विनाशकारी भूकम्पबाट प्रभावित हुँदा पनि देश र जनतालाई सू-सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटी दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्मविपरित आरोपित गरिनु निन्दनीय छ', महासंघका महासचिव उजिर मगरले निकालेको विज्ञप्तीमा भनिएको छ ।

नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा आरोप लगाइनु नेपाली मिडिया तथा प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।

'संचारकर्मीहरुलाई समाचार आफूअनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन सक्दैन', विज्ञप्तिमा भनिएको छ, 'महासंघ घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'

त्यसैगरी प्रधानसम्पादक घिमिरेलार्इ दिइएको धम्कीको नेपाल पत्रकार महासंघ अन्‍‍नपूर्ण पोस्ट् शाखाले पनि भर्त्सना गरेको छ ।

समाचारबारेमा आपत्ति भए मर्यादित ढंगबाट समाधाानको उपाय खोज्नुपर्नेमा दूतावासकै जिम्मेवार पदाधिकारीले दिएको धम्की खेदजनक भएको शाखाले जनाएको छ ।
http://annapurnapost.com/News.aspx/story/11527
Read Full Discussion Thread for this article