Posted by: controversial April 27, 2015
INDIA helping Nepal's Quake Victims in her Own Unique Desi Style!!
Login in to Rate this Post:     0       ?        
चीनको आग्रह : भारतलाई सहयोगमै सीमित राख

चूडामणि भट्टराई | २०७२ बैशाख १५ मंगलवार 11807 पटक पढिएको
3677
41
काठमाडौं: भूकम्प पीडितहरूको उद्धार तथा राहतमा जुटेको भारतीय एजेन्सीलाई रसुवा तथा चिनियाँ हवाई क्षेत्र उल्लंघन हुने गरी कुनै गतिविधि नगर्न नेपाल सरकारले आग्रह गरेको छ।

उद्धार तथा राहत वितरणका क्रममा भारतीय विपद् व्यवस्थापनको टोली चिनियाँ क्षेत्र नजिक पुगेकोमा चीन सरकारको आपत्तिपछि नेपालले भारत सरकारलाई त्यस्तो आग्रह गरेको हो।उद्धारका लागि कतिपय मुलुकबाट आउन खोज्नेलाई सरकारले तत्काल नआउन सुझाव दिएको छ।

स्रोतका अनुसार, स्पेनिस टोली राहतका लागि आउने भने पनि यहाँ आएर आफ्ना देशका नागरिकलाई मात्र लिएर गएपछि सरकारले थप उडानको अनुमति दिएको छैन। पोल्यान्ड सरकारको टोलीले पनि नेपालीको उद्धारका नाममा आए पनि आफ्नै देशका नागरिक लिएर गएको छ।

अजरबैजानले राहत प्याकेजसहित आउन नेपाल सरकारसँग अनुमति माग गरेकोमा सरकारले तत्काललाई अनुमति नदिने निर्णय गरेको छ।

राहत अजरबैजानको भए पनि इरानी जहाजमा ल्याउने भएपछि सरकार झस्किएको हो। उता, छिमेकी मुलुक भारतबाट उद्धारका लागि आएका हर्कुलस जहाज काठमाडौं र आसपासमा कार्यरत रहेको भारतीय नागरिक ओसार्नमा प्रयोग गरिएको छ।

विमानस्थलमा आइतबार र सोमाबार भारतीय व्यक्तिहरू फर्किनका लागि लामो लाइन बनाएर बसेको र राहत र उद्धारमा आएको ती जहाज आफ्नै देशका व्यक्ति ओसार्न प्रयोग भएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ।

यही सुरक्षित राहतको काम गर्नुभन्दा पान पसलेदेखि कवाडीको कारोबार गर्नेसम्मलाई भारत फर्काउन लागेकाले भारतीय जहाजहरूलाई यो काममा अझै दुई हप्तासम्म लाग्ने र विमानस्थलमा भारतीय भीड जारी रहने देखिएको विमानस्थल कार्यालय स्रोतले बताएको छ।

भारतीय मिडियामार्फत यी दृश्यहरू देखाउँदा उद्धारकार्यमा नेपाल असक्षम भएको सन्देश गएकोले यस्ता गतिविधिमा नियन्त्रण गर्नु आवश्यक रहेको सुझाव गृह मन्त्रालयमा पठाइएको छ। भारतीय हर्कुलस जहाजले विमानस्थलभित्र चलाउनलाई समेत आफ्नै जिप ल्याएको पाइएको छ।

अत्यन्त प्रभावित ठाउँहरूमा उद्धारमा पठाउन भने भारतीय हेलिकोप्टरहरूलाई मुस्किल परेको छ।

सैनिक स्रोतका अनुसार, भारतीय सेनाका ६ वटा एमआई—१७ हेलिकोप्टरहरूले एकपटकमा नेपाली सेनाको एउटा हेलिकोप्टरले गर्ने काम पनि गरेको छैन।
जम्मा ६ देखि ७ जनासम्म व्यक्ति बोक्ने र त्यसमा पनि आफ्नै क्यामेरामेन र सञ्चारकर्मीलाई घुमाएर पीडित क्षेत्रको तस्बिर लिने काममात्र बढी भएकाले उनीहरूलाई व्यवस्थितरूपले उद्धार कार्यमा लगाउन समस्या परेको छ।

बाहिर देखाउँदा ठूलो मद्दत गरेको सन्देश गए पनि नतिजा त्यस्तो नभएकोमा भारतीय सहयोगप्रति नेपाली अधिकारीहरू असन्तुष्ट छन्।

नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले यस्को संकेत गर्दै सोमबार पत्रकार सम्मेलनमा सरकारले सोचेअनुरूप मृतकहरूको उत्खनन र घाइतेहरूको उद्धारका लागि हेलिकोप्टहरू परिचालन गर्न नसकिएको बताए।

उनले भने, 'भूकम्प प्रभावित क्षेत्रमा शनिबार हामीले हेलिकोप्टर र उद्धार टोली पठाउने अवस्था थिएन' उनले भने ‘त्यसबेला हामीसँग नेपाली सेनाका जम्मा दुईवटामात्र हेलिकोप्टर उपलब्ध थिए। पछि भारतबाट आएका हेलिकोप्टरलाई फिल्डमा खटाउन मुस्किल भयो । त्यसमा पनि फिल्डमा गएका दुईवटा हेलिकोप्टर अवतरण गर्न नसक्दा फर्के।'

सोमबार बिहान टर्कीबाट आइपुगेको अन्तर्राष्ट्रिय सर्च एन्ड रेस्क्यु टोली विमानस्थलको भन्सार क्षेत्रमा केही समयसम्म अलपत्र परेको थियो।
विश्व खाद्य कार्यक्रम र गृह मन्त्रालयबीचको समन्वयपछि बल्ला यो टोलीलाई उद्धारका लागि गोंगबु क्षेत्रमा पठाइयो।

नेपाल सरकारले सबै सुरक्षा निकायको समन्वयमा विदेशी टोलीको आवश्यकताबारे छिमेकी मुलुकहरूलाई जानकारी गराए पनि अति प्रभावित धादिङ, गोर्खा, सिन्धुुपाल्चोक र दोलखा नगई भारतीय सीमा सुरक्षा बल एसएसबीको एउटा ठूलो टोली काठमाडौं आइपुगेको छ।

उनीहरू सीमा सुरक्षा बल लेखिएका थुप्रै गाडीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको सशस्त्र प्रहरी बलको गणमा बसेका छन्।

यो फौज रेस्क्युमा गएको देखिएको छैन, सशस्त्र प्रहरी बल स्रोतले भन्यो, सयको संख्यामा आएको यो टोलीको आवश्यकता पुष्टि भएको छैन। गृह मन्त्रालय स्रोतका अनुसार, भारतीय फौजलाई नेपाली फौजको कोअर्डिनेसनमा उद्धारमा लगाउनसमेत मुस्किल भएको छ।

गृह मन्त्रालयका सचिव सूर्य सिलवालका अनुसार, सीमा सुरक्षा बललाई नेपाल आउने अनुमति दिइएको छैन। उनले अन्नपूर्णसँग भने, ‘सरकारले मगाएको उद्धार सैनिक हुन्। टेलिफोन र बिजुलीका लागि प्राविधिक टोली हुन् तर कुनै सीमा सुरक्षा बोलाइएको छैन।'
- See more at: http://www.annapurnapost.com/News.aspx/story/10972#sthash.x0Klvkb5.dpuf
Read Full Discussion Thread for this article