Posted by: mikal April 21, 2015
आमा मा छिट्टै घर आउदैछु
Login in to Rate this Post:     2       ?         Liked by
बिहान उठ्ने बितिकै अचानक घर को याद आयो
जिन्दगि को गोरेटो ले धेरै टाडा लागेको भान भयो
खै किन हो किन, घर उडेर हो कि गुडेर पुग्न मन लग्यो
सरिर थियो लल्याकलुलुक , मन थियो भारी
आखा भरि आउन थाले आमा ले लाएको त्यो घर पछाडी को करेसा बारी

हो मलाई आमा को यादले सताएको,
बुवा को मायाले बोलाएकै हो
कुदेर गएर गोडा ढोग्न मन लाग्यो
तर उफ्फ़ मेरो पर्देसी जीवन
फेरि पनि कर्मथलो ले नै समय माग्यो

केहि खान खोज्छु ,आमा ले बनाएको याद आउछ
एति त खाइदे मेरो लागि भन्ने सब्द गुन्जिंछा
ए मेरी आमा ,हे मेरा बुवा कति धेरै माया मलाई
हजुरहरु सात समुन्द्र टाडा भए पनि त्यो हसिलो मुहार सधै आखा मा आउछ

आमा आज भोलि मैले घुर्की लाएर खन्न भनेको कुरा खादैछु
लौदिना भनेको कपडा खोजि खोजि लौदैछु
सायद तिम्रो काख मा आएर लड्न लाई होला
तिमि नजिक हुने दिन औला भाची भाची गंदैछु
आब धेरै छैन आमा , चिन्ता नगरे हुन्छा बुवा
म छिट्टै घर आउदैछु
म छिट्टै घर आउदैछु
Read Full Discussion Thread for this article