Posted by: magorkhe1 April 15, 2015
निबुआको आचार
Login in to Rate this Post:     0       ?        
खान त खाएकै हो निबुवाको अचार तर स्वाद भने बिर्सिएछ | 
निबुवाको अचार भनेको = साधेको निबुवा हो ?
अब निबुवाको ठाउमा सुन्तला र अग्ली फ्रुट  बनाउने |
तरिका :
एक कप तिललाई फ्राई गर्ने वा flat प्लेट मा राखेर १ मिनट माईक्रोवेब गर्ने ( this will save your grinder ) 

४ ओटा सुन्तला बोक्रा छुट्याए पछि  ताछी सकेको सुन्तलाको छाला potato piller ले ताछ्ने ( तितो पना हटाउछ )| अनि केस्रा पनि छुट्याएर केस्रा संगको छाला पनि छुट्याउने | २ ता कागति Ugly fruit लाई पनि तेसै गर्ने |
तिललाई ग्राइन्दर्मा पिन्दा आधा चम्चा टिम्मुर पनि राख्ने टिम्मुर छैन भने चाइनिज कोमा पाइने सेचुवान पेपर किन्ने र काम चलाउने | खोर्सानी आफ्नो स्वाद अनुसार राख्ने |
सुन्तला र कागतिलाई एउटा गहिरो भाडोमा राख्ने ; २ कप दही राख्ने ,अनि त्यो तिलको छोप हाल्ने र राम्ररि चलाउने |
मेथी नझानि के को स्वाद होला र ?
चिया चम्चाको ३ चम्चा तेलमा आधा चम्चा मेथी कालो हुन्जेल तताने | झानेको खुर्सानी पनि टोक्न मन लाग्छ भने सिंगो खोर्सानी पनि फुर्याउने | तर विचार गर्नुस है घरमा बुढा बुढी र स्वासप्रस्वास को रोगि छन् भने खोर्सानिको खारले ज्यान लिन बेर लगाउदैन तेसैले ब्रिदा र बालक हरुको उपस्थितिमा खोर्सानिलाई नाखार्नु होला |
बेसार सानो चम्चिको आधा हाली : फेरी राम्ररी चलाउने | अचार झैँ खान मन लागेको भए थप कागतीको रस थपे पनि हुन्छ | हैन साधेको सुन्तला खान मन लागेको भए २-४ चिया चम्ची चिनी थप्ने |

निबुवा को अचारको तल तल मेटाउन एसो गर्ने |

एसो ग्रोसरी स्टोर गएको बेला कागती देखियो भने पोटिलो र चिल्लो भएको छान्ने |
घरमा हुदा सिलौटोमा घोट्थ्यौ यहा केमा घोट्ने ? भेटे ढुङ्गामै घोट्ने नत्र त्यो फलामे फ़ाइलर किनेर ल्याउने नै तेऐमा घोटने नभए केहि नगर्ने |
घरमा हुँदा हर्लिस्क को सिसि मात्र हुन्थ्यो सिसिको कुरा गर्दा हर्लिक्स सब्द जोड़ीई हल्छा | सिसीमा एक तह नुन हाल्ने अनि कागती अनि तेस्लाई नुनले छोप्ने |२/४ महिना पछि खान् हुने हुन्छ तेसैले स्वाद फेर्ने ?
If you want to add sweetness, you can replace salt by adding some sugar. 

Last edited: 15-Apr-15 04:08 PM
Last edited: 15-Apr-15 04:09 PM
Read Full Discussion Thread for this article