Posted by: goodheart April 10, 2015
ROAD MAP TO DIVORCE
Login in to Rate this Post:     0       ?        
yuvraj धन्यबाद!
वकिल संग बुज्नु अघि नेपाली साथि दाजु भाइ बाट केहि जानकारी लीउ भनेर मैले साझा मा पोस्ट गरेको हू
"There are lawyers in Nepal now that can handle this for you without having to be there physically. "
एस बारे अझै जानकारी पाउन सकिन्छ कि?

nepali laure
तपाइको सुझाब को लागि धन्यबाद. मा ओकिल संग त्यो कुराको बारे अवस्य सल्लाह गर्नेछु


sherlock
म तपाई संग पूर्ण सहमत छु. कानुनि कुरा हो, ओकिल संग त सल्लाह अवस्य लिनु पर्नेछ. हाल म नेपाल मा नभएकोले पहिला साझा मार्फत जानकारी लीउ भन्ने विचार गरेर यो थ्रेअद सुरु गरेको हु

yakku
मैले बुजे अनुसार हाम्रो नेपाल को कानुन अनुसार श्रीमान ले पाउने अङ्क्स मा मात्र श्रीमती ले हक दाबि गर्न
पाउदछ. एस बारे अझै बुह्नु छ मैले

hakim saab
धेरै धेरै धन्यबाद हजुरले दिनु भाको जानकारीको लागि

sojoketo धन्यबाद
मेरो नियेती मेरो श्रीमती लाई झुक्याएर उनले पाउने सम्पति नदिनु अवस्ये होइन

म मध्यम बर्गीय परिवार को हू
मैले कहिले मेरो बुबा को सम्पति अङ्क्स स्वरूप् लिनेछु भनेर सोचिन
मेरो सिदान्त स्वरूप मैले दाइजो पनि लीन
मलाई एस्तो लाग्छ मानिस आत्मा निर्भर हुनु नि सबै भन्दा अमुल्य सम्पति हो अनि खुबी पनि
आफुले कमाको धन को जति माया अङ्क्स बाट प्राप्त धन मा हुदैन
म येही कुरा मेरो श्रीमतीले बुजोस र आत्मा निर्भर होस् भन्ने चाहन्छु

आफुले दुख गरेर जति पनि कमाउन सक्छु , एउटा आमा बुबाको लागि काठमाडौँ मा घर बनाउने इच्छा छ
तेस्को लागि अझै २-३ वर्ष मैले कडा परिश्रम गर्नु पर्ने छ.
तसर्थ divorce प्रक्रिया सरल र कम खर्चालु होस् भन्ने कोसिस गर्दैछु

सबै साथि दाजु भाई लाई धेरै धन्यवाद

आफ्ना विचार अनि सुझाब अझै शेर गर्नु होला
Last edited: 10-Apr-15 01:13 AM
Read Full Discussion Thread for this article