Posted by: ThahaChaena April 8, 2015
गुन्द्रुक कहाँ किन्न्नी होला ?
Login in to Rate this Post:     1       ?         Liked by
लामोपुरी मित्र,

गुन्द्रुक बनाउन खासै गाह्रो छैन . पहिला त कुन सागको बनाउने त्यो छान्नुस(रायो , तोरी, मुला को सागको मिठो लाग्छ मलाई चै). तेस्लाई अलिक दिन फ्रिज बाहिर छोडी दिने , वोईलाउन . अलिक अलिक पहेलो पनि होला तर केहि फरक पर्दैन . फ्रिज बाहिर सुकाउन राख्दा चै पखालेर राख्नु होला , नत्र पछि गुन्द्रुक किर्किर होला . अनि साग पुरै वोईलाये पछि एउटा हावा नछिर्ने प्लास्टिकको भाँडा लिनुस र त्यो साग लाइ तेस्मा कोच्नुहोस अनि अलि अलि(करिब १ चम्चा) कागतीको रस या भेनेगर हलिदिनुस र तातो पनि हालेर हावा नछिर्ने गरि बट्टा बन्द गरेर घाममा राखी दिनुस (मैले मेरो कौसीमा राख्ने गरेको छु ). समय समय मा हेर्दै गर्नु होला , लगभग एक हफ्ता जति पछि त्यो बट्टा खोलि सानो त्यान्द्रो चाख्नु भए नि हुन्छ . अमिलो अमिलो भयो भने त्यहाँको सागलाइ घाममा या खुल्ला हावामा सुकाउनुहोस .

ल हजुरको गुन्द्रुक तयार भयो . धेरै समय प्रयोग गर्न घाममा झुरुम झुरुम हुने गरि सुकौनुहोला . यसरि नै हो मैले बनाउने गरेको चाहिं .

- थाहा छैन
Read Full Discussion Thread for this article