Posted by: ujl April 5, 2015
We decided to return back to Nepal for good
Login in to Rate this Post:     0       ?        
रचिता जी,
जब म अघिल्लो समय नेपाल गएको थिए, मैले एउटा अनौठो आभाष गरे. जब जब म चढेको विमान नेपाल अवरतण गर्न लाग्यो, तब तब मेरो मनमा आनन्दका लहर फुट्न थाले. यो एउटा अनौठो आभाष थियो, जुन मैले शब्दमा वर्णन गर्न सक्दिन. सरिरको एउटा सुक्ष्म कुनाबाट मलाई उत्साह आई रहेको थियो. यो सुक्ष्म स्थानमा मानौ आनन्दको बाडी नै आएको थियो.
भन्छन, जन्म दिने आमा र जन्म-भुमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ रे! के मेरो अनौठो अनुभवले येही कुरा मसंग भित्रि रुपमा व्यक्त गर्न खोजेको थियो? के मेरो अनुभव मायाको अर्को रुप थियो? त्यो अनुभव के थियो यो भन्न निकै मुस्किल छ किनकि त्यो अनुभव आफैमा रमाई रहेको थियो. त्यो अनुभव आफैमा एउटा सत्य थियो जसलाई कुनै बिस्लेशणको आवस्यकता नै थिएन. त्यो आनन्द आफैमा पूर्ण थियो मानौ भोकाएको मान्छेले टन्न खान पाएको क्षण. कस्तो अनौठो त्यो अवस्था जसमा पुर्णता लुकेको थियो. त्यो आनन्द आफैमा स्थित थियो, जसरि समुद्र आफैमा स्थित हुन्छ.
एउटा सिसुको लागि आफ्नो आमा नै सर्वस्य हो किनकि सिसुको सम्पूर्ण हाँसो उसको आमामै निहित हुन्छ. के मेरो आनन्दको रहस्य पनि नेपाल आमा नै थिइन् त? आफ्नो आमाको काखमा रमाउन पाउदाको जस्तै थियो त्यो क्षण.
विमानबाट म बाहिर निस्के, चिसो हावालाई आफ्नो फोक्सोमा अंकमाल गर्दै नेपाल आमालाई नमन गरे र धन्य हुदै भने, हे माते, तिम्रो सितल छाहारि सदैव प्राप्त होस्.
Read Full Discussion Thread for this article