Posted by: AdjunctProf March 23, 2015
जातपातको एसिडले जन्माएका जीवन
Login in to Rate this Post:     0       ?        
जातीय भेदभाब नेपाली समाजको अति नै नराम्रो पक्ष हो | पशुपन्छीको अधिकारसमेत सुरिक्षित गर्नुपर्ने बहस चलेको बेला मानिस मानिस बिचमै, अझ 'कुन जातको हो?' भनेर भेदभाब गर्नु लज्जास्पद छ| जो सुकै भएपनि जातीयताका आधारमा भेदभाव गर्नेलाई कठोर सजायँ दिनै पर्छ, शायद यो कुरामा दुइ मत नहोला |
तर एक युवतीलाई उनका बाउआमाले (अथवा उनैले) जातीय भेदभाब गरिन भनेर एसिड छ्याप्नु भनेको, जिबनले कानून आफ्नो हातमा लिन खोजेकै हो | अब की त हरेक जिबनहरु 'अदालत सरह हुन् ' भनेर उनलाई सजायँ दिने (एसिड छ्यापेर) छुट दिने भने अर्कै कुरा, नत्र जिबनले सजायँ पाउनु पर्ने देख्छु | "जातीय भेदभाब गरेका थिए, अहिले एसिडको फेला परे, ठिकै भयो" भन्नु भनेको अल्ली नमिल्ने कुरा भयो जस्तो लाग्छ|
यो भन्दैमा जातीय भेदभाव गर्नेलाई खुलेआम छोड्नु पर्छ भन्ने हैन | जातीय भेदभाब गर्ने हरु जो सुकै हुन्, तिनलाई (युबती, उनका बाउ आमा समेत) कारवाही गर्नु पर्छ | यो प्रसंग मा न-आएका अरु सबै जो जतिले जातीय भेभाब गरेका छन, तिनलाई पनि सजायँ दिन पर्छ | बरु कानून छैन भने कडा भन्दा कडा कानून बनाएर भए पनि सजाय दिन पर्छ |
Read Full Discussion Thread for this article