Posted by: nepalilaure March 23, 2015
जातपातको एसिडले जन्माएका जीवन
Login in to Rate this Post:     0       ?        
ब्रो संग सहमत हुदा हुदै अलिकति असहमत छु है म ;)

अपराधसास्त्रीय हेर्नलाई आफ्नो तेस्तो आँखा छैन, तर कतिपय अवस्थामा पीडक वा अपराधी १८ वर्ष भन्दा कम वा नावालक भएपनि एस्तो क्रुर र premeditated अपराध गरेको हुन्छ कि तेस्लाई बयास्कलाई सरह सजायको फैसला हुन्छ \ अनि कतिपय अवस्थामा 'परिस्थितिको' बन्धक बनेर उमेरले बयस्क भएपनि ब्रोले भने जस्तै उमेरलाई परिस्थितिले थिचेर अपराध गरेको हुन्छ \

जातीय विभेद बाट पिडित अवस्थालाई लाइ मान्छेहरुले एकदम 'दिन दिने मारिएको/ दिन दिने acid को पिडा भोगेको ' जस्ता अतिसयोक्तिपूर्ण बिसेषण लगाएका हुन्छन - जसले गर्दा बास्तबमै -"बलात्कारी वा बलात्कार गर्न प्रयास गर्नेलाई आफ्नो ज्यान सुरक्ष्याको लागि मारेपनि पाप पनि लाग्दैन, सजाय पनि हुदैन "- भने जस्तै जातीय विभेदको प्रतिकारमा गरिने कामलाई क्रियाको स्वाभाविक प्रतिक्रिया भन्ने सम्म भनेका छन् \ कतिपय अवस्थामा जातीय विभेद तेस्तै भयानक पनि हुन्छ , तर मलाई यो केसमा चुरो कुरो तेही हो जस्तो लाग्दैन \ काठमाडौँमा एउतै घरमा डेरा गरेर बस्नेले पानीनै नचल्ने भनेर छोई छिटो गरे भन्ने तेती विश्वास लागेन \ बरु संगीतले जिबनको बाबुलाई (येसो फोटोमा हेर्दा चै बूढा साधु नै जस्तो लाग्यो, छोरो चै अल्लि ओजे जस्तो लाग्यो ) कराते kick हानेको चै होला - तेस्ले चै अलि trigger गर्यो होला \ भर्खर कराते सिकेर आएकी केटि आफ्नो परिवारको झगडा परेको भए बिक लाइ मात्र होइन बाहुन बाजेलाई पानी हान्थी होला \ तेसैले यो केसमा 'जातीय पेलानमा' परेर उब्जेको घटना भन्न चै मलाई तेती ठिक लागेन |
Read Full Discussion Thread for this article